जनता क्यापिटलले ८ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । जनता बैंकको सहायक कम्पनीे जनता क्यापिटलको प्रथम साधारण सभा सम्पन्न भएको छ । उक्त सभा भदौ संचालक समितिका अध्यक्ष सुजित कुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको हो ।

साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले आ.व. २०७५÷७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷७६ को वित्तीय विवरणहरु, आ.व. २०७६÷७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।


क्लिकमान्डु