माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि सामान किन्दा कुनैपनि शुल्क नलाग्ने



काठमाडौं । माछापुच्छ्रे बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गरि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरीद गर्दा अव कुनैपनि शुल्क नलाग्ने सुविधा ल्याएको छ । अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा ल्याएको हो ।

ग्राहकहरुले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्ने छैन ।

बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हान समेत गरेको छ । यस सम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको छ ।


क्लिकमान्डु