विभिन्न श्रेणी सरकारले स्वीकृत गर्यो ८५३ दरबन्दी




काठमाडौं । सरकारले विभिन्न श्रेणीमा ८५३ वटा दरबन्दी स्वीकृत गरेको छ ।

बिहीबार सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले मन्त्रिपरिषद्का निर्णय सुनाउँदै विभिन्न मन्त्रालय र आयोग अन्तर्गत दरबन्दी स्वीकृत गरिएको जानकारी दिए ।

उनका अनुसार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, जलस्रोत तथा सिँचाई विभाग अन्तर्गत आयोजनका लागि ३६० दरबन्दी स्वीकृत गरिएको हो ।

त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि ५६, बेपत्ता पारिएका व्यक्ति छानिबन आयोगका लागि २३, कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतका लागि २७२ वटा दरबन्दी स्वीकृत गरिएको हो ।

साथै, गत साता बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल लाइभ स्टक इनोभेसन आयोजनाका लागि १९, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका लागि ५८ र संघीय मामिला तथा सामानय प्रशासनका लागि ६५ दरबन्दी स्वीकृत गरिएको जानकारी दिए ।

सरकारले विभिन्न आयोजना तथा परियोजना छिटो सम्पन्न गर्नका लागि तथा प्रशासनिक क्षेत्रका लागि दरबन्दी स्वीकृत गरेको हो ।


क्लिकमान्डु