सस्तो शुल्कमा, सुरक्षित र समयमै पैसा पुर्याउँछौं: मनिग्रामकी क्षेत्रीय मार्केटिङ प्रमुखको अन्तरवार्ता



सब्रिना चान क्षेत्रीय मार्केटिङ प्रमुख, एसिया प्यासिफिक दक्षिण एसिया र मध्यपूर्व, हङकङ

मनिग्रामले दुई गुणा खुसी अफर ल्याएको छ, यो कस्तो अफर हो ?

हामीले नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी उपभोक्तामाझ दुई गुणा खुसी अफर ल्याएका छौं । जसअन्तर्गत उपभोक्ताहरुले मनिग्राममार्फत् पैसा पठाउँदा पठाएको रकम बराबरको २ गुणा बढी पैसा पाउन सक्छन् । यो सेप्टेम्बर १ देखि नोभेम्बर ३० सम्मका लागि हुनेछ । जसमा हरेक साता मनिग्राममार्फत् कारोबार गर्नेमध्ये २ जना भाग्यशाली उपभोक्ताले आफ्नो रकमलाई २ गुणा बढाउन सक्छन् ।

नेपालमा मनिग्रामको बजारलाई बढाउनका लागि के कस्ता योजनाहरु छन् ?

अहिले हामीले नेपाली बजारमा आफ्नो व्यापार विस्तार गर्दैछौं । नेपालमा प्रत्येक ४ घरबाट एक जना विदेशमा काम गर्छन् । सन् २००८ देखि २०१७ सम्म ३५ लाख नेपालीहरु कामका सिलसिलामा विदेशमा पुगेका छन् ।

अहिले हामीले अष्ट्रेलियामा सेवा विस्तार गरिसकेका छौं । जहाँ १ लाखभन्दा बढी नेपालीहरु बसोबार गर्छन् । काम गर्छन् । उनीहरुलाई हामीले सेवा शुल्कमा समेत प्रत्येक कारोबारमा जम्मा १ अष्ट्रेलियन डलर शुल्क लिने व्यवस्था गरेका छौं । यसले मनिग्रामको सेवालाई अष्ट्रेलिया र नेपालमा विस्तार गर्न र उपभोक्तालाई आकर्षित गर्न निकै सहज हुने अपेक्षा समेत गरेका छौं ।

धेरै नेपालीहरु वैदेशिक रोजगारीका लागि खाडी मुलुकहरुमा छन् । उनीहरुका लागि के कस्ता योजना छन् ?

साउदी अरेबिया र कतारमा त्यहाँका टेलिकम कम्पनीमार्फत् सहकार्य गरी उक्त सुविधा उपलब्ध गराएका छौं । हामीले यो सेवा सबैका लागि सर्वसुलभ होस भन्ने उद्देश्यले सबै कारोबारलाई सबैभन्दा सस्तो र सुरक्षित बनाएका छौं । त्यस्तै, रियल टाइममा भूक्तानीका लागि पनि काम गरिरहेका छौं । अहिले नेपालमा ६ वटा एजेन्टमार्फत् काम भइरहेको छ भने यसलाई अझ बढी विस्तार गर्ने योजनामा हामी छौं । नेपालमा मनिग्रामले आईएमई, समसारा रेमिट, युनाइटेड रेमिट, सिटी एक्सप्रेस। आईपे र प्रभु रेमिटसँग सहकार्य गरिरहेका छौं ।

नेपालमा डिजिटल कारोबारलाई नेपालमा विस्तार गर्नका लागि कस्ता योजनाहरु छन् ?

डिजिटल सेवा विस्तारका लागि हामीले बलियो नेटवर्क क्षमता विस्तार गरेका छौं । उपभोक्तालाई सहज हुने पद्धति अपनाएका छौं । जसमार्फत् उपभोक्ताहरुले सहज ढंगले कारोबार गर्न सकुन् । यसका लागि मनिग्रामले विश्वका राम्रा बैंकहरुसँग सहकार्य गरेका छ जसबाट उपभोक्ताले सहज कारोबार गर्न सक्छन् । मोबाइल एपबाट पैसा पठाउन र लिन सक्छन् ।

समग्र दक्षिण एसियामा रेमिट्यान्सको बजार कस्तो पाउनु भएको छ ?

दक्षिण एसियामा सन् २०१८ मा रेमिट्यानस १२ प्रतिशतले बढेर १३१ बिलियन डलर पुगेको छ । ७ प्रतिशत वृद्धि सन् २०१८ मा मात्रै भएको थियो ।

सबै विश्वभरीमा हेर्दा टप २० मा दक्षिण एसियाका ४ वटा देश पर्छन् । जसमध्ये नेपाल पनि प्रमुख एकमा छ । मनिग्रामले अहिले कतारमा ओरेडु वालेट, फिलिपिन्स र इन्डोनेसियामा जीक्यास र चाइनामा अलिपेमार्फत पनि कारोबार गरिरहेका छौं ।


क्लिकमान्डु