अर्थमन्त्री खतिवडालाई बर्खास्त गर्न सेयर लगानीकर्ताको माग, दिए यस्तो चेतावनी



काठमाडौं । स्वतन्त्र सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा.युवराज खतिवडालाई बर्खास्त गर्न माग गरेका छन् ।

बुधबार ५० भन्दा बढी लगानीकर्ताहरुको भेलाले मन्त्री खतिवडालाई बर्खास्तिको माग गरेका हुन । अर्थ मन्त्रालयले २०७६ असार मसान्त भित्रै ५८ बुँदा कार्यान्वयन नभएको, बजार पुँजीकरण ३५ खर्बबाट घटेर १४ खर्बमा झर्र्दा पनि सरकार उदासिन भएको उनीहरुको तर्क छ ।

बजारमा यति ठूलो शंकट पर्दा पनि सरकारले उल्टो नीति र व्यवहार प्रदर्शन गरेको भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।

यस्तै स्वतन्त्र लगानीकर्ताको भेलालले भदौ मसान्तभित्र ५८ बुँदे निर्णय बमोजिमका सबै कार्यहरु पुरा नगरेको खण्डमा कडा भन्दा कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।


क्लिकमान्डु