सिटिजन्स बैंकले दियो प्रहरीलाई ३ थान मोटरसाईकल




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समुदाय — प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल प्रदान गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यमाहा एफजेड मोटर साईकल तथा साँचो हस्तान्तरण गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७८ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु