विश्वको सेयर बजार लिड एशियाको सेयर बजारले गर्नुपर्छः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एशियाको सेयर बजारले विश्वको सेयर बजारलाई लिड गर्नुपर्ने बताएका छन् ।

एशिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रिय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एशिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी गु्रप (एसीजी)को २३ औं वार्षिक साधारणसभामा मन्त्री डा. खतिवडाले एशियाली सेयर बजारलाई विश्वको सबैभन्दा अब्वल सेयर मार्केट बनाउनु पर्ने बताएका हुन् ।

‘एशियाको सेयर बजारले विश्वको सेयर बजारको लिड गर्नुपर्छ,’ मन्त्री खतिवडाले भने, ‘हामीले त्यही अनुसार काम गर्नुपर्छ ।’

हाल वाणिज्य बैंकहरुको लगानीले मात्र सेयर बजार विस्तार गरेको बताउँदै उनले सेयर वजारमा सेक्युरीटि बन्ड, रियल सेक्टरलाई सेयर बजारमा भित्र्याउन लगानीकर्ताहरुलाई आग्रह गरे ।

नेपालमै पहिलो पटक भएको यस प्रकारको साधारण सभाले नेपालको पूँजी बजारको विकासमा टेवा पुग्ने विश्वास मन्त्री खतिवडाको छ ।

नेपालमा आयोजना गरिएको सो साधारण सभाले आगामी दिनहरूमा नेपालको पूँजी बजारको विकाशमा अझ उल्लेख्निय भूमिका निर्वाह सधारण सभाका आयोजक सिडिएस एण्ड क्लियरिङ्गको अपेक्षा रहेको छ ।

तीन दिनसम्म संचालनहुने उक्त समारोहमा एसिया प्रशान्त क्षेत्रमा रहेका विभिन्न ३५ वटा सदस्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । सो अवधीमा विश्व पूँजी बजारको मञ्चमा केन्द्रीय निक्षेप सेवा प्रदायकहरूको वर्तमान अवस्थाका बारेमा अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त विशिष्ट व्यक्तित्वहरू बाट चर्चा गरिने छ ।

साथै अन्तराष्ट्रिय जगतलाइ नेपालमा बैदेशिक लगानीको अवसरका बारेमा थप जानकारी प्रदान गर्न सकिने सिडिएससीको विश्वास छ । सभाले बर्तमान अध्यक्षको कार्यकाल यसैवर्ष सकिने भएकोले नयाँ नेतृत्वको लागि पनि निर्वाचन गर्ने छ ।

एशियाली प्रान्तका विभिन्न संघ संस्थाहरूसँगको अनुभव, प्राविधिक सहायता तथा परामर्श प्राप्त गर्न सहज हुने साथै अन्तिर्राष्ट्रियस्तरमा नेपालमा वैदेशिक लगानीको अवसरका बारेमा थप जानकारी प्रदान गर्न सकिने विश्वास आयोजक संस्थाको छ ।


पुष्प दुलाल