पाइपलाइनले डिजल सस्तो हुने, ४०० ट्यांकर विस्थापित हुने



विरगन्ज । भोलिदेखि संचालनमा आउन लागेको पेट्रोलियम पाइपलाइनले देशको ७० प्रतिशत डिजल क्षमताको माग पूर्ति गर्ने भएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले ७० प्रतिशत माग धान्ने जानकारी दिए । उनले पाइपलाइनले गर्दा ४०० ट्यांकर विस्थापित हुने समेत बताए ।

उनले आफुले ट्यांकर नथप्ने प्रतिबद्धता गरेको भन्दै व्यवसायीलाई ट्यांकरमा थप लगानी नगर्न समेत आग्रह गरे ।


क्लिकमान्डु