सिडिएससीले १९ देशका सेन्ट्रल डिपोजिटरीको साधारणसभा गर्दै
काठमाडौं । एशिया प्यासिफिक सेन्ट्रल सेक्युरिटीज डिपोजिटरी ग्रुपको २३औं साधारणसभा काठमाडौंमा हुने भएको छ । सिडिएससीले गर्ने उक्त साधारणसभामा १९ देशका २४ वटा संस्थाको उपस्थित हुनेछन् ।
नेपालसहित बंगलादेश, पाकिस्तान, भारत, श्रीलंका, इरान, चीन, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मंगोलीया, फिलिपिनी, भुटान, सिंगापुर, ताइवान, थाईल्याण्ड, भियतनाम रहेका छन् ।
सम्मेलनमा यूरोक्लियर, डिउटिस्च बैंक, क्लियर स्ट्रिम र एलएसईजीको पनि सहभागीता रहने छ ।
अहिले यो संस्थाको अध्यक्षता कोरियाले गरिरहेको सिडिएससीले गरिरहेको छ ।
कार्यक्रममा सबै देश तथा संस्थाहरुले आफ्नो देशमा सेयर लगानीकर्ताहरुको लागि के कस्ता सेवा दिइरहेका छन् । त्यसको अहिलेको स्थिति कस्तो छ ? र, अहिलेका चुनौतीहरु केके हुन भनेर छलफल हुने भएको छ ।
यो साधारण सभाले नयाँ अध्यक्ष राष्ट्र चुन्ने छ । त्यसको लागि निर्वाचन हुने सिडिएससीले जनाएको छ ।