मुलुक भित्रैबाट अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भयोः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास मुलुक भित्रैबाट भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नालिजको दशौं वार्षिकोत्सबको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारको चामल नबिकेको र हल्ला गर्नेहरुको पिठो बिक्ने अवस्था बनेको बताए ।

अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक हुँदाहुदै पनि सरकार बिरद्ध भ्रम छर्न मुलुकभित्रबाटै मानिसहरु परिचालित भएको कुरा सरकारले महसुस गरेकेो उनले बताए ।

‘सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको पाईएको छ,’ खतिवडाले भने ।


पुष्प दुलाल