ह्याकिङ प्रकरणः नेपाल र जर्मनीमा एउटै समय, एउटै तरिका, यस्ता छन् समानता र भिन्नता



काठमाडौं । गत शनिबार राजधानीमा चिनियाँ ह्याकहरुले विभिन्न बैंकका एटीएम प्रयोग गरी ठगी गरे । नेपालमा भएको उक्त घटनासँगै जर्मनीका बैंकबाट पनि ह्याकरहरुले ठगी गरे ।

नेपालमा भएको उक्त घटनापछि ह्याकरहरु चिनियाँ र स्पेनिस नागरिकहरु पक्राउ परे भने जर्मनीमा भने ब्राजिलियन नागरिक भएकाले ह्याकरहरु पक्राउ पर्न भने सकेका छैनन् ।

नेपालमा ७ वटा बैंकबाट उक्त घटना भएको थियो । जसमा प्रभु बैंक, माछापुच्छ्रे बैंक, ग्वोवल बैंक, जनता बैंक, एनआईसी बैंक, सनराइज र सिटिजन बैंकका खाताबाट पैसा निकालिएको थियो ।

एटीएम भने ६ वटा बैंकका प्रयोग भएका थिए । जसमा एसबीआई, कुमारी, नविल, मेगा, एभरेष्ट र एनआईबी बैंकका एटीएम बुथ प्रयोग भएको देखिन्छ ।

तर जर्मनीमा भने नेपालमा जस्तो नभइ एउटा मात्रै बैंकमा ह्याक गरिएको थियो । ओल्डेनबुग्रिचे ल्यान्डेस बैंक (ओएलबी)मा मात्रै ह्याक भएको थियो ।

यी दुबै घटना एकै समयमा भएको थियो । अर्थात यी घटना ३ दिनको अन्तरमा मात्रै भएको देखिन्छ भने डुब्लिकेट कार्ड प्रयोग गरी ह्याक गरेको देखिन्छ । नेपालमा ईभीएम म्याग कार्ड प्रयोग गरेको देखिन्छ भने जर्मनीमा पनि ब्राजिलियन ह्याकरहरुले सोही प्रकारको कार्ड प्रयोग गरेको देखिन्छ ।

तर एउटा फरक के भने नेपालमा बैंकको खाताबाट पैसा काटिएको छ भने जर्मनीमा २००० हजारभन्दा बढी ग्राहकको खाताबाट पैसा काटिएको छ ।

नेपालमा ३ करोड ४५ लाख रुपैयाँ ठगी भएको छ भने जर्मनीको उक्त बैंकबाट झण्डै १९ करोड रुपैयाँ ठगी भएको देखिन्छ ।

Comparison of ATM/Card Fraud Cases of Nepal and German

Particulars Nepal Case German Case Remarks
Card Country Nepal Germany Difference
Affected Banks On Issuer side- 7 banks (Prabhu; Machhapuchare; Global; Janata; NIC; Sunrise; Citizen)

ATM of 6 banks used for cash dispense (SBI; Kumari; NIB; NABIL; Mega; Everest) in Nepal.

 

In India also ATM of different banks have been used like SBI; AXIS; HDFC; KotakMahendra etc. There might be other banks also in India.

OldenburgischeLandesbank (OLB)

 

Difference
Service Provider VISA Master Card Difference
ATM Use Country Nepal, India Brazil
Type of Card EMV + Mag EMV + Mag Similar
Misuse Level Not yet known Card Counterfeit Difference
Effect to Customer Account Not debited .Debited from banks BIN (Bank Identification No) only. Debited Difference
Basis of Misuse Magnetic Strip Stated to have been Cloned on EMV cards but possibility on compromise in Magnetic Strip cards also. Similar
Method of Card Data Possible data theft from Switch or bank (assumption) Stated to have been Cloned on EMV cards but possibility on compromise in Magnetic Strip cards also. Difference
Date/ Time 31st August 2019 27th August 2019 Similar week
Amount of Fraud NPR 3,45,00,000/- (approx.) Euro 1.5 Million (USD 1.65 MillionEquiv) App. NPR 187.65 Difference
Affected No of Cards Not known 2000 (approx.)
Involvement Chinese, Spanish Brazilian Difference
Action on Customer End Notice published for information; Inter Switch card blocked; Visa routing blocked Blocked the cards, Started replacing the cards, Customer account refunded Difference


पुष्प दुलाल