लगानीकर्ता अन्योलमा पार्ने कम्पनीलाई झट्का, सेबोनले माग्यो ४१ कम्पनीको वित्तीय विवरण



काठमाडौं । धितोपत्र सार्वजनिक गरेका ४१ बैंक तथा वित्तीय संस्थालाई ७ दिनभित्र वित्तीय विवरण पेश गर्न धितोपत्र बोर्डमा पेश गर्न निर्देशन दिएको छ ।

बोर्डले सूचिकृत विभिन्न ४१ वटा वित्तीय संस्थाको आव २०७१/७२ देखि आव २०७५/७६ सम्म धितोपत्र निष्काशन गरेका बैंक तथा वित्तीयसंस्थाको वित्तीय विवरण माग गरेको छ ।

यस्ता संस्थाहरुले सेयर जारी गर्ने समयमा राम्रो विवरण बनाउने र वित्तीय विवरण निकाल्ने समयमा त्यसलाई लुकाएर खास विवरण पछि निकाल्ने गरेका थिए ।

बोर्डको यो कदमले अब सेयर जारी गर्ने समयमा अवास्तविक विवरण बनाउने र सेयर जारी गरेपनि अर्को विवरण निकालेर लगानीकर्तालाई अन्योलमा राख्ने काम बन्द हुने भएको छ ।

बोर्डले सूचना जारी गर्दै आव २०७१/७२ देखि आव २०७५/७६ सम्म धितोपत्र निष्कासन गरेका ४१ वटा बैंक तथा वित्तीय संस्थाको विवरणपत्रमा प्रक्षेपित वित्तीय विवरण र वास्तविक वित्तीय विवरणको सम्बन्धमा अध्ययन गर्न विवरणपत्र प्रकाशन गरेको वर्षबाट ३ वर्ष अवधिको र ३ वर्ष अवधि नपुगेकाको हकमा जति वर्षको यथार्थ विवरण तयार भएको छ त्यही विवरण ७ दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ ।

यसमा विभिन्न जलविद्युत कम्पनी, नेपाल बैंक, शिखर इन्स्योरेन्स, अपर तामाकोशी हाईड्रोपावर कम्पनी तथा विभिन्न माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।


क्लिकमान्डु