बालुवाटार जग्गा प्रकरणमा तानिए सिद्धार्थ बैंकका अध्यक्ष केडिया, अख्तियारले बोलायो



काठमाडौं । सिदार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया सरकारी जग्गा आफ्नो बनाएको विवादमा तानिएका छन् ।

बहुचर्चित बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा केडिया सहित अन्य व्यवसायीहरु समेत तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५७ जनाको नाममा बयानका लागि सार्वजनिक सूचना जारी गरेको छ ।

जसमा व्यवसायी घराना चाचान ग्रुपका सञ्चयकुमार चाचान समेत रहेका छन् । यसबाहेक विभिन्न व्यवसायिक घरानाका व्यक्तिहरुलाई अख्तियारले बयानका लागि ७ दिने सूचना जारी गरेर आउन भनेको छ ।


क्लिकमान्डु