अर्थमन्त्री खतिवडाको टिम परिवर्तन, राजस्व उठाउने जिम्मा कुँवर र दाहाललाई



काठमाडौं । अर्थमन्त्रालय अन्तर्गत दुई शक्तिशाली विभागको महानिर्देशक परिवर्तन भएको छ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा बिनोद कुँवरको सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रहेका कुँवर अर्थमन्त्रालयमा सरुवा भएको थियो ।

अर्थमन्त्रीले खतिवडाले कुँवरलाई राजस्व विभागको महानिर्देशक बनाएका हुन् । यसअघि महानिर्देशक रहेका बिष्णु नेपालको कर्णाली प्रदेशमा सरुवा भएको छ ।
यस्तै अर्थमन्त्रालय अन्तर्गतको अर्को शक्तिशाली विभाग भन्सार विभागको महानिर्देशकमा सुमन दाहाल आएका छन्ु । दाहाल अर्थमन्त्रालयमा थिए । यसअघि महानिर्देशक रहेका रामेश्वर दंगालको भने गण्डकी प्रदेश सरुवा भएको छ ।

दंगाल अख्तियारबाट अर्थमन्त्रालय पुगेर भन्सार विभागको महानिर्देशक बनेका थिए । सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको बेला दुवैलाई ठूलो जिम्मेवारी आइलागेको छ ।


क्लिकमान्डु