नेपाली सेनाले माग्यो स्टाफ नर्ससहित ८९ जना कर्मचारी



काठमाडौं । नेपाली सेनाले प्राविधिक पदमा भर्ना आव्हान गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा रिक्त रहेका पदमा खु्ला प्रतिष्पर्धामार्फत पदपूर्ती गर्न लागिएको बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।

सेनाले रेडियोलोजिस्ट, मेडिकल ल्याव्रोटरी टेक्निसियन, स्टाफ फर्मासिस्ट, जनरल सर्जन, रेडियोलोजिस्ट, स्टाफ नर्स, मेडिकल अफिसर, प्राध्यापक, उप–प्राध्यापक, सहायक प्राध्यापक, मनोवैज्ञानिक परामर्शदाता, माली, कम्प्युटर अपरेटर, कम्प्युटर शिक्षकलगायतका पदमा नयाँ भर्ना खुलाएको हो ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालय जंगि अड्डामा दरखास्त फारम बुझाउन सेनाले आग्रह गरेको छ ।


क्लिकमान्डु