सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा एनआईसी एसिया बैंकको अग्रता
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से मापन गर्ने सूचक ४.८७ अंकले बढेर १२०८ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०३ अंकले बढेर २६३.३९ बिन्दुमा रोकिएको छ ।
१६७ कम्पनीको ८ लाख ५० हजार ३८६ कम्पनीको २४ करोड ४६ लाख ६८ हजार २०९ रुपैयाँको सेयर कारोबार भएको छ ।
१० वटा समूहको कारोबारमा बैंकिङ समूह ५.२, डेभलपमेन्ट बैंक ४.५४, जलविद्युत ८.०५, वित्त कम्पनी ५.१६, जीवन बीमा कम्पनी १५.३, माइक्रोफाइनान्स समूहको उपसूचक ९.९५ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ३६ लाख २८ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र प्रभु बैंक रहेका छन् ।
यो दिनको कारोबारमा सबैको लघुवित्त वित्तीय संस्था, आँधिखोला लघुवित्त वित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने सिटि एक्सप्रेस फाइनान्स, अरुण कावेली पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।