आगामी साताबाट सेयर बजारमा ढुंगेयुगको अन्त्य, मेरो सेयर प्रयोग गर्नेलाई यस्ताे फाइदा



काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आगामी साताबाट सेयर बजारमा रहेको ढुंगे युगको अन्त्य गर्ने तयारीमा लागेको छ ।

आगामी साताबाट मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताहरुले ढुंगे युगको उपमा पाएको औँठाछाप प्रथाको अन्त्य भएको अनुभुती गर्न पाउने छन् । अब भने सबै काम प्रविधिबाट नै हुने भएको छ ।

सिडिएससीले भौरित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्नको लागि भन्दै सफ्टवेयर प्रणाली विकास गरेर औँठा छापको युगलाई अन्त्य गर्न लागेको हो । अहिले आन्तरिक रुपमा परीक्षण गरिरहेको बताइएको छ ।

परीक्षणको क्रममा आफूहरुले देखेको, सोचेको समस्या नभएको खण्डमा आगामी साताबाट सफ्टवेयर लञ्ज गरिने छ । मेरो सेयर मार्फत नै उक्त सफ्टपेयरले काम गर्ने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

‘मेरो सेयर सफ्टवेयरबाटै लाभकर गणना गर्न सक्ने गरी सीडीएससीले काम गरिरहेको छ, यसको टेस्टगर्दा समय लागेको हो, मनलाग्दी ल्याएर पनि भएन, ट्रान्जयाक्सनको डाटा धेरै छ, अहिले नै हतार गर्नु भन्दा भविष्यमा समस्या नआउने गरी ल्याउने तयारी भइरहेको छ’, प्रवक्ता न्यौपानेले भने ।

सफ्टवेयर यूजर अनुकुल हुने उनको भनाई छ । यो कार्यान्वयनमा ल्याएसँगै लगानीकर्ताहरुले अब ब्रोकर कार्यालयसम्म पुगेर औँठाछाप लगाउन युगको अन्त्य हुने भएको छ ।

न्यौपानको अनुसार यो मेरो सेयर नामक सफ्टवेयर प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाँउछन् । सिडिएससीको तथ्याङक हेर्दा ५ लाख भन्दा बढीले मेरो सेयरको सफ्टवेयर प्रयोग गरिरहेका छन् ।


क्लिकमान्डु