देशभर यूरिया मल अभाव, सरकार रमिते बनेको भन्दै किसान आक्रोशित



काठमाडौं । सरकारले नेपाललाई कृषि प्रधाधन देशको नाम दिएको छ । तर समयमा मल नपाउने, बिल विजन नपाउने तथा कृषि औजार तथा उपकरण समेत नपाउने अवस्था छ ।

खेतीपातीको समयमा मल नपाएर किसान हैरान भएको समस्या त आम जस्तै भइसकेको छ । किसानलाई उचित रुपमा उपज उत्पादनका लागि समयमै रासायनिक मलको आवश्यकता पर्दछ । तर धानबालीमा मल हाल्ने समयमा समेत किसनाले यूरिया मल पाएका छैनन् ।

मन्त्रिपरिषद्ले केही समय पहिले १ अर्ब ५० करोड बराबरको रासायनिक मल खरिदका लागि बजेट विनियोजन गरेको थियो ।

धान खेतीलाई केन्द्रित गरेर भारतबाट जी–टु–जी प्रक्रियामा खरिद गर्न लागिएको सो मल समेत सबै नेपाल भित्र आइपुगेको छैन । जसका कारण किसनाले धानमा यूरिया मल प्राप्त गर्न सकेका छैनन् ।

कृषि सामग्री कम्पनीसँग मौजदातमा मल रहेको छैन । सरकारले आगामी ५ वर्षभित्र कृषि उपजमा आत्मनिर्भर हुने लक्ष्य राखेको भएपनि खेतीको समयमा मल नपाएपछि किसान सबैभन्दा बढी पीडामा परेका छन् ।

कृषि सामग्री कम्पनीले मल वितरणमा कुनै पनि चासो नदिएको भन्दै किसान आक्रोशित भएका छन् ।

धान खेति गरेका किसानका लागि अहिले बालीमा युरिया मल हाल्ने मुख्य समय भएपनि मल नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । धान खेती हुने करिब ९५ प्रतिशत खेतमा यस पटक धान खेती भएको छ । केही स्थानमा भने वर्षा नभएका कारण धान खेती हुन सकेको छैन ।

धानमा यूरिया मल हाल्ने समय भदौ भएपनि मल नपाएका कारण उनीहरु सरकारको घोषणालाई हावादारी भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सरकारी अनुदानमा मल आपुर्तिको जिम्मा पाएको कृषि सामम्री कम्पनीका अधिकारीले भने किसानको खेतसम्म मल पुग्न अझै द्युइृ हप्ता जस्तो समय लाग्ने बताउँदै आएको छ ।

किसानले बालीबाट राम्रो उत्पादन लिन बाषिर्क ७ लाख मेट्रिन टन रसायनिक मल आवश्यक पर्ने तथ्यांक रहेको छ । सरकारले मल खरिद गर्न कुल मागका ५० प्रतिशत रकम पनि विनियोजन नगरी चुपचाप भाषणमा रमाएर बसेको छ ।

कृषि सामग्री कम्पनीले १ लाख ९० हजार मेट्रिक टन रासायनिक मल विश्वव्यापी बोलपत्र मार्फत खरीद गरेको दावी गरेको छ ।

खरीद गरिएका मध्ये ३० हजार मेट्रिक टन युरिया डिएपि मल बाटोमा रहेको जनाइएको छ । समयमा मल नपाएपछि किसान समस्यामा परेपनि कृषि विकास मन्त्रालयले कुनै चासो देखाएको छैन ।


क्लिकमान्डु