सेयर बजार स्थिरतातर्फ उन्मुख



काठमाडौं । बुधबार सेयर बजार स्थिर देखिएको छ । नेप्से मापन गर्ने सूचक ०.४२ अंकले बढेर १२१४.०५ बिन्दुमा रोकिएको छ ।

१६१ कम्पनीको १२ लाख ७० हजार ११८ कित्ता सेयर २९ करोड २६ लाख ४१ हजार ७१८ रुपैयाँको सेयर कारोबार भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ समूहको उपसूचक ०.०४ अंकले घटेको छ भने होटल १५.१८, निर्जीबन बीमा समूहको ५.९, जीवन बीमा समूहको ६.७८ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा होल्टी होटल अग्रस्थानमा रहेको छ । होल्टीको ४ करोड २० लाख २१ हजार ६४४ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः माछापुच्छ«े बैंक र एनआईसी एसिया बैंक रहेका छन् ।

बुधबारको कारोबारमा बिशाल बजार कम्पनी, पाँचथर पावर कम्पनी, जानकी फाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन भने गुमाउनेमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।


क्लिकमान्डु