अर्थ समितिको निर्देशनपछि नेप्सेले स्थगन गर्यो बैंकलाई ब्रोकरको लाईसेन्स दिने प्रकृया



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने काम तत्कालका लागि स्थगन गरेको जनाएको छ ।

संघीय संसद अन्तर्गतको अर्थ समितिले साउन ३० गते नेप्सेलाई दिएको निर्देशन अनुसार बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने काम तत्कालको लागि बन्द भएको छ ।

नेप्सेलाई धितोपत्र बोर्डले साउन १७ गते वाणिज्य बैंकहरुलाई सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनका लागि निर्देशन दिएको थियो । नेप्सेले बोर्डको निर्देशन अनुसार काम सुरु गरेको भएपनि समितिको निर्देशन पछि उक्त कार्य स्थगत भएको छ ।

अर्थसमितिले यस विषयमा अथ अनुसन्धान गर्ने र इन्साइडर हुने खतरा रहेको भन्दै त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति समेत गठन गरेको छ । उपसमितिले २ महिनाभित्र प्रतिवेदन अर्थ समितिमा बुझाउने छ ।


क्लिकमान्डु