फिल्म हलले बुझाएनन् मनोरञ्जन कर, नबुझाए कारबाही



काठमाडौं । काठमाडौं महानगरपालिका राजश्व विभागले चलचित्र घरहरुलाई मनोरञ्जन कर बापत लिइएको ५ प्रतिशत कर बुझाउन सूचना जारी गरेको छ ।

नगरकार्यपालिकाको कार्यालय राजश्व विभागले मंगलबार सूचना जारी गर्दै सम्पूर्ण चलचित्रघरहरुलाई १५ दिनभित्र कर बुझाउन निर्देशन दिएको छ । प्रदेश ३ अन्तर्गतका चलचित्रघरहरुले प्रत्येक महिना समाप्त भएको मितिले २५ दिन भित्र महानगरपालिकामा बुझाउनु पर्ने व्यवस्था भएपनि गत आव २०७५-७६ मा कर नबुझाएकोले उक्त निर्देशन दिइएको हो ।

दर्शकहरुबाट प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिइएको ५ प्रतिशतले कर बुझाउनु पर्छ ।
सूचनामा चलचित्र घरहरुले बिक्री गरेको टिकटको विवरणसहित महानगरको राजश्व विभाग बबरमहलमा कर बुझाउन भनेको छ । समय सिमामा कर नबुझाउने चलचित्रघरहरुलाई नियम अनुसार कारबाही हुने समेत उल्लेख गरेको छ ।


क्लिकमान्डु