सेयर बजारमा देखियो सुधार



काठमाडौं । लामो समयको गिरावट पछि सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक ७.२३ अंकले बढेर १२२२.०६ अंकमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८५ बिन्दुले बढेर २६४.९६ अंकमा रोकिएको छ । १७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता सेयर ३८ करोड ९६ लाख २५ हजार २६५ रुपैयाँको सेयर किनबेच भएको छ ।

११ वटा समूहको कारोबारमा बैंकिङ समूहको उपसूचक ७.३३, डेभलपमेन्ट बैंक १३.४३, माइक्रोफाइनान्स २१.५१, जीवन बीमा समूहको उपसूचक ४४.३२ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा सिद्धार्थ बैंकको संस्थापक समूह अग्रस्थानमा देखिएको छ । बैंकको संस्थापक सेयर २ करोड ५८ लाख ३१ हजार रुपैयाँ बढीको सेयर करोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः रसुवागढी हाईड्रोपावर कम्पनी, एनआईसी एसिया बैंक रहेका छन् ।


क्लिकमान्डु