सेयर बजारमा गिरावट, कारोबार रकम कति ?



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । नेप्से मापन गर्ने सूचक ९.२० अंकले घटेर १२१४.८३ अंकले घटेको छ ।

ठूला कम्पनीको कारोबार मापन पर्ने सेन्सेटिभ इन्डेक्स १.५७ अंकले घटेर २६३. ११ बिन्दुमा रोकिएको छ । १६० कम्पनीको ११ लाख १ हजार ७७६ कित्ता सेयर ३२ करोड ९५ लाख २७ हजार ९१५ रुपैयाँको सेयर किनबेच भएको छ ।

११ कम्पनीको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ ।

बैंकको सेयर २ करोड ४५ लाख ३४ हजार ४५६ रुपैयाँको सेयर किनबेच भउको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः रसुवागढी हाईड्रोपावर कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।


क्लिकमान्डु