सेयर बजारमा देखिएन चमक, कारोबार रकम न्यून



काठमाडौं । यो साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारले लगानीकर्ताको अनुहारमा चमक भने ल्याउने समेत । सेयर कारोबारमा साताको अन्तिम दिन बिहीबार पनि नेप्से मापन गर्ने सूचक १.८६ अंकले बढेर १२२४.०३ बिन्दुमा रोकिएको छ ।

१५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता ४२ करोड ४३ लाख २३ हजार १२८ रुपैयाँको सेयर किनबेच भएको छ । १२ समूहको कारोबारमा बैंकिङ २.३३, जलविद्युत ७.९५, अन्य ६.६८ र माइक्रोफाइनान्स समूहको उपसूचक ४.०१ अंकले घटेको छ भने अन्य समूहको उपसूचकमा भने सामान्य सुधार देखिएको छ ।

कारोबार रकमको आधारमा माच्छापुच्छ«े बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ३७ लाख ८६ हजार २७३ रुपैयाँको कारोबार भएको छ । यस्तो दोस्रो र तेस्रोमा सनराइज बैंकको संस्थापक सेयर र प्रभु बैंक रहेका छन् ।


क्लिकमान्डु