एक महिनामै १० अर्बले घट्यो जीबन बीमा कम्पनीको लगानी, चुक्ता पुँजी ८९ करोडले बढ्यो



काडमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तार भएसँगै बीमा क्षेत्र पनि पुँजी परिचालन गर्ने ठूलो क्षेत्र बनेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीबन बीमा कम्पनीले २ खर्ब २५ करोड १७ करोड ८७ लाख रुपैयाँ लगानी गरेको बीमा समितिले जनाएको छ ।

जेठ मसान्तसम्ममा बीमा कम्पनीहरुले २ खर्ब ३५ अर्ब १० करोड १ लाख रुपैयाँ लगानी गरेका थिए । जेठ महिनाको तुलनामा जीवन बीमा कम्पनीको लगानी ९ अर्ब ९२ करोड १३ लाख रुपैयाँले घटेको हो ।

बीमा समितिका अनुसार १९ वटा बीमा कम्पनीको बैंकहरुमा ८ अर्ब २० करोड ५१ लाख रुपैयाँ निक्षेप रहेको छ । जेठ महिनासम्ममा ३ अर्ब १७ करोड ५९ लाख रुपैयाँ निक्षेप थियो ।

महिना दिनमै ८९ करोडले बढ्यो चुक्ता पुँजी

असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३० अर्ब ५४ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

बीमा समितिका अनुसार असार मसान्तसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुको पुँजी ३० अर्ब ५४ करोड ९१ लाख रुपैयाँ पुगेको हो । जेठ मसान्तसम्ममा २९ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ थियो । एक महिनाको अवधिमा ८८ करोड ९८ लाख रुपैयाँ बढेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीलाई हरेकको पुँजी २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । तर अहिलेसम्म केही कम्पनीको पुँजी पुग्न सकेको छैन । बीमा समितिले पुँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई मर्जरमा जानसक्ने ढोका पनि खुल्ला गरेको छ ।

७१ अर्ब बीमाशुल्क

जीवन बीमा कम्पनीहरुले ७१ अर्ब ४ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जेठ महिनामा ५७ अर्ब २८ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

वैदेशिक रोजगार बीमा शुल्क आर्जन २ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ रहेको छ भने अन्य जीवन बीमा शुल्क आर्जन ६८ अर्ब ७३ करोड १७ लाख रुपैयाँ रहेको छ ।

७३ लाख बीमालेख

बीमा समितिका अनुसार असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ७३ लाख २८ हजार २२९ वटा बीमा लेखा जारी गरेका छन् । जसमा वैदेशिक रोजगार म्यादी जीवन बीमा १६ लाख ५० हजार ७३१ वटा बीमा लेख जारी गरेका छन् भने वैदशिक रोजगार म्यादी जीवन बीमालेख ५५ हजार १०१ वटा जारी भएको छ ।

साढे ५ लाख एजेन्ट

असार मसान्तसम्म आईपुग्दा जीवन बीमा क्षेत्रमा ५ लाख ४६ हजार २७६ जना बीमा अभिकर्ता रहेको छन् । जुन जेठ मसान्तसम्ममा ५ लाख २१ हजार ३१९ जना रहेका थिए ।

असार मसान्तसम्ममा जीवन बीमा क्षेत्रमा ३४ हजार ५८७ वटा दाबी भुक्तानीमा निवेदन परेको छ । जसको रकम ५ अर्ब ९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

सवा ५ अर्ब दाबी

बीमा कम्पनीहरुले ५ अर्ब १२ करोड ८ लाख रुपैयाँ दावीको भुक्तानी गरिसकेका छन भने ६५ करोड ६४ लाख रुपैयाँ बाँकी रहेको छ ।
असार महिनासम्ममा ७२ करोड २ लाख पुनर्बीमा शुल्क भुक्तानी रहेको छ भने १२ करोड ५४ लाख पुनर्बीमा कमिशन आर्जन भएको छ ।


पुष्प दुलाल