गभर्नरलाई बैंकका सेयरधनीको पत्रः सञ्चालकको उमेर तोक्ने गैरकानूनी परिपत्र खारेज गरियोस्



काठमाडौं । बैंक सञ्चालक र सीइओको उमेरहद तोक्ने राष्ट्र बैंकको व्यवस्थालाई चुनौति दिनेहरु दिनानूदिन थपिँदै गएका छन् ।

राष्ट्र बैंकले गत साउन २० गते परिपत्र जारी गर्दै सञ्चालक र सीइओको उमेर हद तोकेको थियो ।

उक्त व्यवस्थाप्रति गंभीर असन्तुष्टि जनाउँदै पीडित सेयरधनीको तर्फबाट ७ जना सेयरधनीले गभर्नरलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

बैंक सञ्चालक र सिइओकाे उमेर हद तोकियो, एभरेष्टका अध्यक्ष र प्राइमका सिइओले पद छाड्नु पर्ने

‘कानूनमा हुँदै नभएको व्यवस्थालाई अर्को कानूनको अधिकारक्षेत्रमा प्रवेश गरेर तोकिएको उमेर हदको व्यवस्था तत्काल खारेज गरियोस्,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘निर्वाचित सञ्चालकहरुलाई कम्पनी ऐनअनुसार काम गर्ने वातावरण तत्काल कायम गरियोस् ।’

पीडित सेयरधनीहरुले राष्ट्र बैंकका उच्च अधिकारीहरु माफियासँग मिलेर यस्तो व्यवस्था गरेको अरोप समेत लगाएका छन् ।

पीडित सेयरधनीको नाममा अम्रितमान, कुबेरप्रसाद, उत्तमराज, हरिकृष्ण, राम महर्जन, बिशालप्रसाद र जिबनराजले यस्तो पत्र पठाएका हुन् ।

सञ्चालक र सीइओको उमेर तोक्ने निर्णयबाट पछि हट्दै राष्ट्र बैंक, डेपुटी गभर्नर भन्छन्- करेक्सन गर्छौं

गभर्नरलाई सम्बोधन गरेर लेखिएको पत्रमा डेपुटी गभर्नर, नियमन र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक, सञ्चालक समिति सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्षलाई बोद्धार्थ गरिएको छ ।

नेपालको संविधान २०७३ को भाग ३ को मौलिक हक र कर्तवयको धारा २५ मा व्यवस्था भएको आफ्नो सम्पत्तिको हक सुरक्षण सम्बन्धी अधिकारलाई राष्ट्र बैंकले मिचेको उनीहरुको आरोप छ ।

बैंकहरु कम्पनी ऐन–२०६३ अन्तर्गत दर्ता भई कारोबार गर्दै आएको व्यहोरा अवगत स्मरण गराएका छन् ।

उक्त एनेको परिच्छेद ५ को दफा ६७ ले निर्देशन गरेअनुसार बैंक तथा वित्तीय संस्थारुले आ-आफ्नो वार्षिक साधारणसभा र विशेष साधारणसभाको सूचना २१ दिन अघि दिनुपर्ने, मिति, समय र स्थान, छलफल हुने विषय राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

बिके श्रेष्ठ पदमुक्त भए, अब को हुन्छ एभरेष्ट बैंकको अध्यक्ष ? यस्तो छ नालीबेली

कम्पनी ऐन २०६३ कै दफा ८७ ले सञ्चालकहरुको नियुक्ति विषेश साधारणसभाले र दफा ९० ले सञ्चालकको कार्यकाल ४ वर्ष हुने प्रष्ट व्यवस्था गरेको पीडित सेयरधनीका नाममा गभर्नरलाई लेखिएको पत्रमा उल्लेख छ । उक्त परिपत्र तत्काल खारेज नगरे सेयरधनीहरु कानूनी उपचारको बाटो रोज्न बाध्य हुने उल्लेख छ ।

राष्ट्र बैंकले अब सीइओ नियुक्ति गर्दा ६५ वर्ष कटेको व्यक्तिलाई नियुक्ति गर्न नपाइने र बहालवाला सीइओको हकमा भने ६९ वर्ष कटेको भए स्वत पदमुक्त हुने परिपत्र जारी गरेको थियो । राष्ट्र बैंकको उक्त परिपत्रसँग नियुक्ति भएको ४ दिनमै प्राइम बैंकका सीइओ नारायणदास मानन्धर पदमुक्त भएका थिए । उनी ७४ वर्ष पुगिसकेका छन् ।

मानन्धरले साउन २२ गते राष्ट्र बैंकको उक्त परिपत्र गैरकानूनी भएको दाबी गर्दै खारेजीको माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् ।

त्यसैगरी, सञ्चालकको हकमा भने राष्ट्र बैंकले ७० वर्ष पुगेको व्यक्तिलाई सञ्चालक नियुक्ति गर्न नपाइने र बहालवाला सञ्चालकको हकमा ७४ वर्ष पुगेको भए स्वत पदमुक्त हुने व्यवस्था गरेको थियो ।

यो व्यवस्थाले एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठसहित २ सञ्चालक, प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ, नविल बैंकका अध्यक्ष शम्भु पौडेल, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड लगायत २ दर्जन सञ्चालक स्वत पदमुक्त भएका थिए ।


पुष्प दुलाल