बिके श्रेष्ठ पदमुक्त भए, अब को हुन्छ एभरेष्ट बैंकको अध्यक्ष ? यस्तो छ नालीबेली




काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको बैंकका सञ्चालक र सीइओको उमेर सम्बन्धी निर्देशनसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ पदमुक्त भएका छन् ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार राष्ट्र बैंकको परिपत्र जारी भएकै मितिदेखि लागू हुन्छ ।

‘हामीले जारी गर्नेवित्तिकै परिपत्र लागू भइसक्यो, कुनै बैंकमा ७४ वर्षभन्दा माथिका सञ्चालक र ६९ वर्षमाथिका सीइओ छन् भने उनीहरुको स्वत पदमुक्त भइसके,’ प्रवक्ता निरौलाले क्लिकमाण्डूसँग भने ।

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ ९१ वर्षका भए । त्यसैले उनी पदमुक्त भइसकेका कारण आजदेखि एभरेष्ट बैंकमा अध्यक्ष खाली भएको छ ।

प्रतिमा श्रेष्ठ बिके श्रेष्ठकी छोरी हुन् । उनी नेपालमै बस्छिन् । बिहे गरिसकेकी छोरीलाई डिभोर्स गराएर बिकेले आफूसँगै राखेका छन् । र, उनलाई आफ्नो सम्पूर्ण कारोबारमा संलग्न गराएका छन् ।

त्यसैले यो समाचारमा हामी एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको बहिर्गमनसँगै नयाँ अध्यक्षमा कसको संभावना छ ? त्यसका आधारहरु बारे उल्लेख गर्नेछौं । र, बिकेले कस्तो रणनीति बनाउँदैछन् ? भन्ने बारेमा केन्द्रित हुनेछौं ।

किनभने एभरेष्ट बैंकलाई श्रेष्ठले आजसम्म ‘वान म्यान आर्मी’ को रुपमा सञ्चालन गर्दै आएका थिए ।

आजभन्दा २५ वर्षअघि अर्थात् सन् १९९४ सालमा नेपालमा एभरेष्ट बैंकको स्थापना भएको हो । स्थापनाकालमा बैंकको अध्यक्षमा मैत्रदेव पाठक थिए । राजा बिरेन्द्रका मितसमेत रहेका पाठक ६/७ वर्षसम्म अध्यक्ष भए । पछि बिकेले पाठकलाई हटाएर आफू अध्यक्ष बने ।

‘प्रतिमासँग बैंकिङबारे त्यति ठूलो ज्ञान छैन, त्यसैले बिकेले उनलाई अध्यक्ष बनाउँछन् जस्तो मलाई लाग्दैन,’ उच्च स्रोतले भन्यो, ‘छोरा मुकुन्द त नेपाल नै आउँदैनन्, त्यसैले शेरचनजीलाई नै अध्यक्ष बनाएर बिकेले पर्दा पछाडिबाट बैंक हाँक्छन् ।’

एभरेष्ट बैंकमा भारतीय पञ्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् १ करोड ६० लाख ८१ हजार २ सय ६९ कित्ता संस्थापक सेयर छ ।
त्यस्तै, ३०.७८ प्रतिशत अर्थात् २ करोड ४७ लाख ११ हजार ५ सय ३ दशमल ६९ प्रतिशत सेयर सर्वसाधारणको छ बाँकी रहेको ४९.१९ प्रतिशत सेयर बैंकका अध्यक्ष बिके श्रेष्ठकै हो भन्दा फरक पर्दैन ।

त्यसका केही तथ्य र आधारहरु छन् ।

बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदनमा बिके श्रेष्ठको नाममा ९.१८ प्रतिशत अर्थात् ७३ लाख ७२ हजार ४ सय १ कित्ता सेयर छ । त्यसैगरी, होटल स्नो लियोन प्रालिका नाममा ९.३१ प्रतिशत अर्थात् ७४ लाख ७२ हजार १ सय ९१ कित्ता सेयर छ । यो होटेल सञ्चालनमा छैन । होटेल र होटेल भएको घरको पूर्णस्वामित्व उनै बिके श्रेष्ठको नाममा छ ।

‘अलि उमेर भएको भए त उहाँ कन्फर्म अदालत जानुहुन्थ्यो, तर ९० कटिसकेकाले अदालत जाने संभावना कम देखिन्छ,’ स्रोतले भन्यो ।

त्यसैगरी, बिकेका दाजू नेपालकृष्ठ श्रेष्ठका नाममा ७.९१ प्रतिशत अर्थात् ६३ लाख ४५ हजार ७ सय ६४ कित्ता सेयर छ भने छोरी प्रतिमा श्रेष्ठ ५.९० प्रतिशत ४७ लाख ३२ हजार ७ सय ४२ कित्ता सेयर छ ।

त्यस्तै, राधा श्रेष्ठका नाममा ६.५८ प्रतिशत अर्थात् ५२ लाख ७७ हजार ७ सय ५० कित्ता सेयर छ । राधा पनि बिकेको परिवार भित्रकै सदस्य हुन् ।

त्यस्तै, शान्तदेब पाठकको नाममा ६.३५ प्रतिशत अर्थात् ५० लाख ९६ हजार ६ सय ८ कित्ता सेयर छ । उनी बैंकका संस्थापक अध्यक्ष मैत्रदेव पाठकका छोरा हुन् । कमलपोखरीस्थित सिटीसेन्टरबाट कुमारी फिल्म हलतिर आउँदाको पहिलो मोडमै उनको घर छ ।

त्यसैगरी, आनन्दरत्न तुलाधर ०.७५ प्रतिशत अर्थात् ६ लाख ४ हजार ७ सय ३५ कित्ता सेयर छ । तुलाधरका त्रिपूरेश्वरस्थित ब्लू बर्ड मलका मालिक हुन् । तुलाधरको नाममा सेयर मात्रै हो । त्यसको असली मालिक भने बिके नै हुन् ।

‘बैंकको लाभांस पाउनेवित्तिकै तुलाधरले बिकेलाई चेक काटेर पैसा दिन्थे,’ बैंक स्रोतले भन्यो, ‘सबै सेयर आफ्नो नाममा नराखेर आफ्ना विश्वासपात्र तुलाधरको नाममा बिकेले सेयर राखेका हुन्, असली मालिक बिके नै हुन् ।’

बिकेले पहिले नै छोरा मुकुन्दलाई नेपाल ल्याउन खोजेका थिए । तर, मुकुन्दले नेपाल त कुनैपनि हालतमा नआउने बरु भारतसम्म भए आउँछु भन्ने अडान लिएपछि उनलाई एसबिएलको जिम्मा दिइएको हो ।

त्यसैगरी, अरुणमान शेरचनको नाममा ३.२१ प्रतिशत अर्थात् २५ लाख ७३ हजार ६ सय ७३ कित्ता सेयर छ । शेरचन संस्थापकका तर्फबाट बैंकको सञ्चालक समिति सदस्य छन् । उनी बिके श्रेष्ठका अत्यन्तै विश्वासपात्र हुन् । शेरचनका नाममा पनि बिकेले लगानी गरेको जानकारहरु बताउँछन् ।

‘अरुणमान बिकेजीको अत्यन्तै विश्वासपात्र हुन्, उनले पनि लाभांश पाउनेवित्तिकै चेक काटेर बिकेजीलाई चेक काटेर पैसा दिन्थे,’ स्रोतले भन्यो, ‘बिकेजी नहुँदा उनले नै सञ्चालक समितिको बैठकको अध्यक्षता गर्थे ।’

स्रोतहरुका अनुसार अध्यक्ष बिके श्रेष्ठ पदमुक्त भएसँगै बैंकको अध्यक्षमा शेरचन नियुक्ति हुने संभावना सबैभन्दा बलियो छ ।

वित्तीय सूचकहरुका आधारलाई हेर्ने हो भने एभरेष्ट बैंक अब्बल छ । बिजनेश ग्रोथ, नाफा र लगानीकर्तालाई दिने प्रतिफलका आधारमा एभरेष्ट टप टेन बैंकको सूचिमा पर्छ ।

‘शेरचनजीले बिकेसँग अरु व्यवसायमा पनि साझेदारी गर्नुभएको छ, बिकेजीसँग बैंकको ४० प्रतिशतभन्दा बढी सस्थापक सेयर र दोस्रो बजारबाट पनि आफन्तहरुको नाममा झन्डै १० प्रतिशत किनेर राखेकाले एभरेष्टमा बिकेजीले जे भन्यो त्यही हुन्छ,’ स्रोतले भन्यो, ‘त्यसैले अब उहाँले शेरचनजीलाई नै डमी अध्यक्ष बनाएर पछाडिबाट आफूले बैंक चलाउनुहुन्छ ।’

छोराछोरीको संभावना कति ?

बिके श्रेष्ठका १ छोरा (मुकुन्द) र १ छोरी (प्रतिमा) गरी जम्मा २ जना सन्तान छन् । छोरा मुकुन्द पनि ६० वर्षभन्दा बढी भइसके । संयुक्त राष्ट्र संघमा काम गरेर रिटायर्ड भएका मुकुन्द अहिले भारतस्थित एसबिएल कम्पनीको व्यवस्थापन सम्हालेर बसेका छन् । एसबिएल कम्पनीको अध्यक्ष बिके श्रेष्ठ हुन् । व्यवस्थापन मात्रै छोरा मुकुन्दले हेर्छन् । यो कम्पनीले होमियोपेथिक औषधि, आयुर्वेदिक औषधि र कस्मेटिक उत्पादन तथा बिक्री वितरण गर्छ ।

बिकेले पहिले नै छोरा मुकुन्दलाई नेपाल ल्याउन खोजेका थिए । तर, मुकुन्दले नेपाल त कुनैपनि हालतमा नआउने बरु भारतसम्म भए आउँछु भन्ने अडान लिएपछि उनलाई एसबिएलको जिम्मा दिइएको हो ।

बिके श्रेष्ठ अत्यत्नै जब्बर छन् । राष्ट्र बैंकको उक्त निर्णयविरुद्ध अदालत पनि जान सक्छन् । तर, अहिलेसम्म उनले यसबारे निकटस्थहरुसँग समेत केही बताएका छैनन् ।

प्रतिमा श्रेष्ठ बिके श्रेष्ठकी छोरी हुन् । उनी नेपालमै बस्छिन् । बिहे गरिसकेकी छोरीलाई डिभोर्स गराएर बिकेले आफूसँगै राखेका छन् । र, उनलाई आफ्नो सम्पूर्ण कारोबारमा संलग्न गराएका छन् ।

प्रतिमासँग बैंकको अध्यक्ष भएर काम गर्नक्ने गरीको क्षमता नभएको स्रोतहरुको दाबी छ ।

‘प्रतिमासँग बैंकिङबारे त्यति ठूलो ज्ञान छैन, त्यसैले बिकेले उनलाई अध्यक्ष बनाउँछन् जस्तो मलाई लाग्दैन,’ उच्च स्रोतले भन्यो, ‘छोरा मुकुन्द त नेपाल नै आउँदैनन्, त्यसैले शेरचनजीलाई नै अध्यक्ष बनाएर बिकेले पर्दा पछाडिबाट बैंक हाँक्छन् ।’

अर्को संभावना भनेको बिकेका नाती प्रतिक श्रेष्ठको । उनी पनि भारतको सिक्किममा बस्छन् । त्यहाँस्थित बिकेको मदिरा कम्पनी नाती प्रतिकले सम्हाल्छन् । प्रतिकले हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठकी छोरीसँग बिबाह गरेका छन् । उनीहरु सिक्किम छोड्न रुचाउँदैनन् ।

अदालत जालान् कि नजालान् ?

बिके श्रेष्ठ अत्यत्नै जब्बर छन् । राष्ट्र बैंकको उक्त निर्णयविरुद्ध अदालत पनि जान सक्छन् । तर, अहिलेसम्म उनले यसबारे निकटस्थहरुसँग समेत केही बताएका छैनन् ।

‘अलि उमेर भएको भए त उहाँ कन्फर्म अदालत जानुहुन्थ्यो, तर ९० कटिसकेकाले अदालत जाने संभावना कम देखिन्छ,’ स्रोतले भन्यो ।

कस्तो छ बैंकको अवस्था ?

वित्तीय सूचकहरुका आधारलाई हेर्ने हो भने एभरेष्ट बैंक अब्बल छ । बिजनेश ग्रोथ, नाफा र लगानीकर्तालाई दिने प्रतिफलका आधारमा एभरेष्ट टप टेन बैंकको सूचिमा पर्छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब ४ करोड ६१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब १८ करोड ८० लाख ३८ हजार रुपैयाँ रहेको छ ।

बैंकले १ खर्ब २९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ रहेको छ भने रिजर्भमा ७ अर्ब १० करोड ५ लाख ६५ हजार रुपैयाँ रहेको छ ।


पुष्प दुलाल