नेप्सेको अनलाइन प्रणालीमा साढे १३ हजार सहभागी, कुन ब्रोकरबाट कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज सञ्चालनमा आएपछि १३ हजार ४१९ जनाले अनलाइन सेवा लिएका छन् ।

कात्तिक २० गते अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको उद्घाटन गरेका थिए । त्यसपछि नेप्सेले पुस दोस्रो साताबाट अनलाइनको यूजर नेम र पासवर्ड दिन थालेको थियो । त्यसता २० वटा ब्रोकरबाट १३ हजार ४१९ जनाले यूजर लिएका छन् ।

यो अवधिमा सबैभन्दा बढी भिजन सेक्युरिटिजबाट १ हजार ३७५ जनाले युजर लिएका छन् । यस्तै आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजबाट १ हजार ३३६ जनाले यूजर लिएका छन् । अनलाइन सेक्युरिटिज ८२७, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट ८ सय जनाले अनलाइनको यूजर लिएका छन् । सबै भन्दा कम आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजबाट ३९ जनाले मात्र अनलाइन सेवा लिएका छन् ।


क्लिकमान्डु