आइपिओको भन्दा सस्तोमा पाइन्छ यी १३ जलविद्युत् कम्पनीको सेयर



काठमाडौं । सेयर बजार पछिल्लो दिनमा असन्तुलित अवस्थामा रहेको छ । बढ्ने भन्दा पनि घट्ने दिशामा केन्द्रीत रहेको बजारमा तपाईले लगानी गरेको सेयरको मूल्य बढ्ला भन्ने आशा रहनु स्वभाविक नै रहेको छ ।

तर, नेपाल स्टक एक्सचेञ्जको बिहिबारको तथ्यांकलाई हेर्ने हो भने जलविद्युत् उपसमूहका सेयरको अवस्था असाध्यै नाजुक रहेको छ ।
अधिकांश उपसमूहको सेयर ओरालो लागेको बेला जलविद्युत् उपसमूहको सेयर पनि अछुतो रहने भन्ने भएन । बिहिबारको तथ्यांकको आधारमा हेर्दा १३ जलविद्युत् कम्पनीको सेयर साधारण शेयरको मूल्य भन्दा पनि सस्तोमा रहेको छ ।

साधारण सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँमा खरीद गर्नुपर्ने अवस्था छ । सेयर परेन भन्ने अवस्था पनि उस्तै रहला । तर दोस्रो बजारमा तपाईलाई लगानी गर्ने मन छ भने आइपिओको मूल्य भन्दा धेरै सस्तोमा जलविद्युत् कम्पनीका सेयर पाइन्छ ।

स्टकका अनुसार १३ कम्पनीको सेयर आइपिओको भाऊ भन्दा सस्तो पाइन्छ भने विभिन्न १२ कम्पनीको सेयर पनि आइपिओको भाऊ वरीपरी नै पाइन्छ । सेयर मूल्य माथि रहेका कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी रहेको छ । सो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता ४९० रुपैयाँमा खरीद बिक्री भइरहेको छ । यस्तै बुटवल पावर कम्पनीको ३९४ रुपैयाँ प्रतिकित्तामा सेयर कारोबार भइरहेको छ ।

माथिल्लो तामाकोशीको २६७ रुपैयाँमा खरीद बिक्री हुँदा सानिमा माईको २४२ र केही दिन पहिलेदेखि कारोवार सुरु भएको रसुवागढीको २१४ र साञ्जेनको २२४ रुपैयाँमा कारोवार भएको छ । अधिकाशं कम्पनीको सेयर निरन्तर घट्ने क्रममा रहेको देखिन्छ ।

बिहिबार स्टकमा कारोवार भएका जलविद्युत् कम्पनीको सेयर मूल्यका आधारमा आइपिओको भाऊ भन्दा सस्तोमा पाइने कम्पनीका सेयर यस प्रकार रहेका छन् ।

१०० रुपैयाँभन्दा कम सेयरमूल्य भएका कम्पनी

१  आँखु खोला जलविद्युत कम्पनी ६८

२  बरुण हाइड्रो ८७

३  छ्याङदी ८५

४  घलेम्दी ८२

५  जोशी हाइड्रो ७४

६  कालिका ८७

७  खानीखोला  ६८

८  नेशनल हाइड्रो  ६३

९  रिडी हाइड्रो ८७

१० सिनर्जी पावर   ८६

११ यूनियन हाइड्रोपार  ६८

१२ यूनिभर्सल  ८६

१३ दिव्यश्वरी  ६५

१०० रुपैयाँ आसपासमा रहेका जलविद्युत् कम्पनीहरु

१  अरुण भ्याली   १०४

२  अपि पावर  १३२

३  अरुण काबेली  १६७

४  हिमालउन ऊर्जा १३३

५  माउण्टेन हाइड्रो १०३

६  नेपाल हाइड्रो   ११५

 

७  ङादी पावर  ११५

८  पञ्चकन्या माई १०२

९  पाँचथर पावर   १३७

१० रैराङ हाइड्रो १०६

११ राधी विद्युत्   १४२

१२ युनाइटेड मोदी  १०६

२०० रुपैयाँ भन्दा माथि सेयर मूल्य भएका जलविद्युत् कम्पनी

१  चिलिमे जलविद्युत् कम्पनी- ४९०

२  बुटवल पावर   ३९४

३  सानिमा माई   २४२

४  माथिल्लो तामाकोशी २६७

५  रसुवागढी   २१४

६  साञ्जेन २२४ 


पुष्प दुलाल