राष्ट्र बैंकको निर्देशिकापछि नारायणदासले प्राइम छाडे, निमित्तको जिम्मेवारी सन्जिव मानन्धरलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको उमेरहदको निर्देशिकासँगै प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट नारायणदास मानन्धरले अवकास पाएका छन् ।

राष्ट्र बैंकले सोमबार प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोकेको थियो । राष्ट्र बैंकले सिइओको लागि ६५ वर्ष उमेर हद तोकेको छ । बहालवाला सिइओ ६९ वर्ष पुगेको भए स्वत अवकास पाउने व्यवस्था गरेको थियो ।

सीइओ नियुक्ति भएको ४ दिनमै जागिर चैट !

राष्ट्र बैंकको निर्देशिकासँगै मानन्धर स्वत अवकास भए । उनी मंगलबार कार्यालय गएनन् । प्राइम बैंकले राष्ट्र बैंकको निर्देशिका अनुसार सिइओ अवकासमा गएपछि निमित्तको जिम्मेवारी सन्जिव मानन्धरलाई दिएको छ । मानन्धर प्राइम बैंकमा महाप्रवन्धक पदमा कार्यरत थिए ।


क्लिकमान्डु