लाभकरको गणना विधिको अन्यौल हटाउन अर्थमन्त्रालयको धितोपत्र बोर्डलाई पत्र



काठमाडौं । अर्थमन्त्रालयले पुँजीगत लाभकर गणना विधिमा देखिएको समस्यामा समाधान गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार बोर्डलाई पत्र पठाउँदै पूँजीगत लाभकर गणना विधिमा देखिएको समस्यमा तीन दिन भित्र समाधान गर्न निर्देशन दिएको हो । स्रोतका अनुसार बुधबार साँझ मन्त्रालयले बोर्डलाई पत्र लेख्दै तीन दिनमा यो समस्या समाधान गर्न निर्देशन दिएको हो ।

बोर्डमा साउन ८ गते बोर्डमा भएको सबै निकायको बैठकमा भएको निर्णय अनुसार काम गर्न मन्त्रालयले निर्देशन दिएको छ । त्यो बैठकमा २०५८ असार मसान्त देखि २०७६ असार मसान्तसम्म भएको हरेक दिनको भारित औसत निकालेर त्यसैको आधारमा पूँजीगत लाभकर गणना गर्ने निर्णय भएको थियो ।


क्लिकमान्डु