सेयर बजारमा निरन्तर गिरावट, कुनमा लाग्यो नकारात्मक सर्किट ?



काठमाडौं । सेयर बजारमा रहेको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । नेप्से मापन गर्ने सूचक ९.३६ अंकले बढेर परिसूचक १२४५.७३ बिन्दुमा रोकिएको छ । १६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता सेयर ४५ करोड ७ लाख ५५ हजार रुपैयाँ बढीमा किनबेच भएको छ ।

१२ समूहको कारोबारमा सबैमा गिरावट देखिएको छ । बैंकिङ समूह ९.३६, निर्जीबन बीमा समूह ४०.९७, उत्पादत तथा प्रशोधन ३९.६४, माइक्रोफाइनान्स समूहको उपसूचक २१.०९ बिन्दुले गिरावट आएको छ । कारोबार रकमको आधारमा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकको ८ करोड ५४ लाख ४१ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै नेपाल बैंक र एनआईसी एसिया बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

मंगलबारको कारोबारमा जोशि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, गुँरास लाईफ इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीको सेयर करोबारमा नकारात्मक सर्किट समेत लागेको छ ।


क्लिकमान्डु