बैंकलाई नगद लाभांश बाड्न कडाई, जोखिममा रहनेले थप २ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई जोखिममा आधारित रहेर २ प्रतिशतसम्म काउन्टर साइकल बफर कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले निर्देशिका जारी गर्दै जोखिम भएमा २ प्रतिशत थप पूँजीकोष थप गर्नुपर्ने व्यवस्था गरेको हो । अहिले ११ प्रतिशत न्यूनतम पूँजीकोष तोकिएको छ ।

यो गर्दा बैंकहरुको न्यूनतम पूँजीकोष १३ प्रतिशत हुन्छ । राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा पूँजीकोष फेमवर्क २०१५ अनुसार काउन्टर साइकल बफर २ प्रतिशत राख्नुपर्ने हुन्छ ।

बैंकहरुले जोखिम अनुसार यस्तो बफर २ प्रतिशत राख्नुपर्ने हुन्छ । यसको सिमा २०७७ असार मसान्त तोकिएको छ । २ प्रतिशत बफर नपुर्याउने बैंकलाई नगद लाभांश बाड्न रोक लगाइएको छ ।

सो हुँदा बैंकहरुले गतवर्षको नाफाबाट यो वर्ष बोनस सेयर दिने सम्भावना बढी हुन्छ ।


क्लिकमान्डु