सेयर बजारले लिएन अझै गति



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । पछिल्लो समयमा पुँजीगत लाभकरको विवाद समाधान भएकोले विवाद समाधान हुन नसकेको लगानीकर्ता बताउन थालेका छन् । नेप्से मापन गर्ने सूचक ४.५५ अंकले घटेर १२५५.०९ बिन्दुमा रोकिएको छ ।

१६७ कम्पनीको १५ लाख ५ हजार ५०६ कित्ता सेयर ४४ करोड ३२ लाख ५ हजार ४८१ रुपैयाँमा किनबेच भएको छ । ११ समूहको कारोबारमा निर्जीबन बीमा समूहको ३.५९ र म्यूचुअल फण्डको उपसूचक ०.११ अंकले बढेको छ भने बाँकी सबै समूहको उप सूचकमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको २ करोड ६९ लाख ७८ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः कृषि विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेका छन् ।

सोमबारको कारोबारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, एनएमबी हाईब्रीड फण्ड एन–१, युनिभर्सल पावर कम्पनी, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् छन भने स्पर्श लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु