लगानीकर्ताका ५ संस्था बने मजाकका पात्र, सेबोनले अर्थको निर्देशन नमान्दा लाभकर विवाद सुल्झेन



काठमाडौं । सेयर बिक्रीको लाभकर गणना विधिमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयले दिएको निर्देशन धितोपत्र बोर्डले नमान्दा यो विवाद समाधान हुन सकेको छैन । विवाद मात्र समाधान भएको होईन । यति बेला लगानीकर्ताका विभिन्न संघ संस्था पनि मजाकका पात्र बनेका छन् ।

साउन १५ गते बुधबार लगानीकर्ताका पाँच वटा संगठन, ब्रोकर एसोसिएसन, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएससी एण्ड क्लियरीङ, आन्तरिक राजश्व विभाग सहितमन्त्रालयमा भएको छलफलमा लाभकरको विषयमा अन्तिम निर्णय धितोपत्र बोर्डले जारी गर्ने भनेर मौखिक सहमति भयो ।

बोर्डले उक्त विषयमा अन्तिम निर्णय गर्ने भनेपछि लगानीकर्ता हौसिए । त्यो दिनको कारोबारमा पनि अन्तिम समयमा आएर हरियो भयो । साँझ ५ बजेतिर सेयर बजारका ५ वटै संगठनको बैठक बसेर तामझामका साथ विज्ञप्ति निकाले ।

१५ गते बोर्डलाई मन्त्रालयले जुन काम गर्नु भनेर निर्देशन दिएको थियो त्यो काम अहिलेसम्म बोर्डले गर्न सकेको छैन । तर त्यही दिन लगानीकर्ताहरुले हतारमा धन्यवाद भन्दै विज्ञप्ति जारी गरे । त्यो विज्ञप्तिको कारण पनि अहिले लगानीकर्ता समस्यामा परेका छन् ।

५ वटै संगठनले हतारमा निकालेको विज्ञप्तिमा सेयरको आधार मूल्य तय गर्ने विषय धितोपत्र बोर्डको कार्यक्षेत्र भित्र रहेको र विस २०५८ सालदेखि २०७६ असार मसान्तसम्मको मूल्यलाई औषत निर्धारण सो मूल्य नै आधार मूल्य कामय गर्ने २०७६ साउन ८ गते बुधबार धितोपत्र बोर्डमा सर्वपक्षीय निर्णय भएकोले सो निर्णयलाई नेप्से र सिडिएससीको सञ्चालक समितिले समेत पारीत गरी धितोपत्र बोर्डमा सिफारिस गरिसकेकोले आजै बोर्डको सञ्चालक समितिको बैठक राखी आधार मूल्य कार्यान्वयन गर्न हार्दिकताका साथ बोर्डलाई अनुरोध गर्दछौं’ भन्दै विज्ञप्ति जारी गरे ।

बिडम्बना त्यो हार्दिकता केवत हार्दिकतामा नै सिमित रह्यो । यो समाचार तयार पार्दासम्म बोर्डले कुनै निणय गर्न सकेको छैन । बोर्डले समयमा नै निर्णय नगरेको कारण यतिबेला लगानीकर्ताका विभिन्न संगठनहरु आलोचनाको पात्र बनेका छन् ।

यस विषयमा जानकारी लिन खोज्दा बोर्डले कुनै पनि प्रतिकृया जनाएको छैन । बोर्डले त्यसको लागि आन्तरिक तयारी भइरहेको मात्र जनाएको छ । प्रायजसो हरेक विषयमा बोर्डले दिने ओठे जवाफलाई नै निरन्तरता दिएको छ ।

तर बोर्डका अर्का एक अधिकारी भने बोर्डका उच्च तहका अधिकारीमा निर्णय गर्न सक्ने क्षमताको अभाव भएको बताउँछन् । ती अधिकारीका अनुसार अहिलेको नेतृत्व र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यो समस्या समाधान गर्न तत्परता नदेखाएका हुन ।

यो समस्या समाधान गर्नको लागि भन्दै यस अघि अर्थमन्त्रालयका सहसचिव उत्तर कुृमार खत्रीको संयोकजत्वमा गठित कार्यदललाई सुझाव दिँदा प्रष्ट राय दिन नसक्दा समस्या समाधान हुन नसकेको हो ।

यो समस्या समाधान गर्न यति बेला बोर्ड मात्रै नभएर बोर्डका कार्यकारी निर्देशक निरज गिरी बाधक भएको लगानीकर्ताहरुको आरोप रहेको छ ।

बोर्डमा साउन ८ गते सबै लगानीकर्ताका सबै संगठन, बोर्ड, नेप्से, सिडिएससी, ब्रोकर बसेर गरेको निर्णयलाई सञ्चालक समितिमा पेश नगरेको र त्यसको जानकारी अर्थ मन्त्रालयलाई जानकारी नगराएको भन्दै लगानीकर्ता रुष्ट भएका हुन ।

त्यतिमात्र कहाँ हो र १५ गते बोर्डलाई मन्त्रालयले जुन काम गर्नु भनेर निर्देशन दिएको थियो त्यो काम अहिलेसम्म बोर्डले गर्न सकेको छैन । तर त्यही दिन लगानीकर्ताहरुले हतारमा धन्यवाद भन्दै विज्ञप्ति जारी गरे । त्यो विज्ञप्तिको कारण पनि अहिले लगानीकर्ता समस्यामा परेका छन् ।

एक लगानीकर्ता भन्छन् ‘अहिलेको सबै समस्याको मुल जरो भनेको निरज गिरी हुन्, हामीसँग छलकपटी गर्न खोजेका हुन, ८ गतेको निर्णय सञ्चालक समितिमा पेश गरेर त्यसको आधिकारीक मन्त्रालयमा जानकारी नगराउनु भनेको बोर्डले लगानीकर्तालाई कपटी गरेको हो ।’

ती लगानीकर्ताको अनुसार कुनै दिनमा महालेखा परीक्षकको कार्यालयले कुनै दिनमा बेरुजु निकाल्छ कि भन्ने अन्योलता बढेको उनको बुझाई छ ।

यस अघि बोर्डले लाभकर गणना विधि आन्तरिक राजश्व विभागले मिलाउने विषय भएकोले आफुले केही गर्न नमिल्ने भन्दै बोर्ड पन्छिने गरेको थियो । बुधबार मन्त्रालयमा भएको छलफलका क्रममा विभागका प्रतिनिधिले उक्त व्यवस्था नियामक निकायले नै मिलाउनु पर्ने जानकारी गराएका थिए ।


क्लिकमान्डु