सहकारी संस्थामा ६ प्रतिशत स्प्रेडदर तोकियो, ऋणमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने



काठमाडौं । अब सहकारी संस्थाहरुले कर्जाको ब्याज १६ प्रतिशतभन्दा माथि लिन नपाउने भएका छन् ।

सहकारी विभागले पत्रकार सम्मेलनको आयोजना गरी सहकारी संस्थाहरुमा पनि बचतमा दिने र ऋणमा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड दर) र बचतको न्यूतम र कर्जाको अधिकतम ब्याजदरको सीमा तोकेको जानकारी दिएको छ ।

सहकारी संस्थाहरुले जथाभावी रुपमा ब्याज असुलीरहको भन्दै विभागले स्प्रेडदर र ब्याजदर तोकिएको विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले जानकारी दिए । सरकारले सहकारी संस्थाहरुको व्याजदर निर्धारणका लागि रजिष्ट्रार पाण्डेको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो ।

सहकारीका लागि उक्त नियम आईतबारदेखि लागु हुनेछ । मुलुकभर ३० हजारभन्दा बढी सहकारी संस्था छन् ।

सहकारी विभागले सहकारी क्षेत्रको सुशासनका लागि आवश्यक कार्यविधि र निर्देशिका बनाउने कार्यलाई पनि अघि बढाइएको जनाएको छ ।


पुष्प दुलाल