साउन २४ सम्म हिमाल दोलखा हाईड्रोमा आवेदन दिने पाइने



काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले सर्वसाधारणको लागि छुट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सेयर साउन २४ गतेसम्म  निष्कासन खुल्ला रहने भएकाे छ । आगामी आब देखि नै कम्पनी नाफामा गई सेयरधनीहरुलाई उचित लाभांश दिन सक्ने हुँदा सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको बताइएको छ । प्रति सेयर एक सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनी इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ मा रहेको छ । कम्पनीले केबिएनआर इशुवा पावर लिमिटेड (९७.२ मेगावाट) मा १९ प्रतिशत शेयर लगानी गरेको र उक्त आयोजनाको प्रति मेगावाट लागत १० करोड रहेको हुँदा सोबाट प्रति मेगावाट ४.३५ करोडका दरले आय आर्जन गर्न सक्ने जनाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल रहेको छ । उक्त सेयरमा आवेदन दिनको लागिग सि–आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र तिनका शाखा कार्यालयहरुबाट तथा मेरो सेयर मार्फत समेत दरखास्त दिन सकिने रहेको छ ।


क्लिकमान्डु