बैंकरको घर जाने आइडियाले जन्माएको बससेवा, अब टिकट काट्न बसपार्क जानु पर्दैन



काठमाडौं । आजभन्दा झण्डै ५ वर्ष अगाडि बैंकिङ क्षेत्रमा करिअर चम्काइरहेका अर्घाखाँची खनका पीआर खनालको मनमा स्टार्टअप बिजनेसको आईडिया फुर्यो ।

बैंकमा आईटी डिपार्टमेन्टमा काम गरिरहेका उनलाई त्यही फिल्डमा ‘केही गर्नुपर्छ’ भन्ने मनमा पहिलेदेखि नै थियो ।

विश्वमानचित्रका हरेक क्षेत्रमा आईटीको बलियो डोमिनेसनलाई क्याच गर्न सक्ने हो भने पक्कै सफलता हात पर्छ भन्ने मनमा विश्वास लिएका उनले २ जना थप साथीहरुको साथ पाए ।

आईटीमा भएको दख्खललाई कुन क्षेत्रमा प्रयोग गर्दा बढी सफल भइन्छ भन्ने अनुसन्धान गर्दै गर्दा मनमा यातायात क्षेत्रले प्रवेश पायो ।

त्यतिबेला यातायात क्षेत्र सिन्डिकेटको मारमा थियो । प्रविधिको प्रयोग असाध्यै कम थियो । भनौ न शून्य जस्तै थियो । मोबाइल वालेट पेमेन्टले भर्खरै सुरुवात पाएको थियो । हवाई जहाजका टिकट काट्ने चलन त थियो तर यसले व्यापकता अझै पाएको थिएन ।

मोबाइलको एन्ड्रोइड एप्लिकेशन वा वेवसाइटमा गयो । खाली सिट छान्यो । त्यहीबाट पेमेन्ट गर्यो । निमेषभरमै टिकट मोबाइलको म्यासेज बक्समा आइपुग्छ । यसले यात्रुलाई बसपार्क वा टिकट काउन्टरसम्म जानुपर्ने झन्झट हटाइदियो । सिट पाइएला कि नपाइएला भन्ने चिन्ता छिनभरमै दूर गरिदियो ।

त्यसै समयमा उनले सोचे बसका टिकट पनि यसैबाट काट्न पाए कति सजिलो हुने थियो ? यही सोचलाई मूर्तरुप दिनका लागि बस सेवा सुरु गरे ।

जसले यात्रुहरुलाई मोबाइलबाटै सिट हेर्न मिल्ने र मोबाइलमा क्लिक गरेकै भरमा टिकट काट्न सकिने सुविधा उपलब्ध गराएको थियो ।

सुरुमा खनाल साथीहरुसँग मिलेर काम सुरु गरे । बस व्यवसायीहरुलाई आईडिया सुनाए । व्यवसायीहरु सकारात्मक देखिए त केही अनकनाए पनि ।

व्यवसायी मात्रै होइन, यात्रुहरु पनि टिकट काट्न सुरुमा हिच्किचाए पनि । मोबाइलबाटै बसको टिकट काट्न सकिन्छ र ? भन्ने यात्रुमा भएको आशंकालाई चिर्न खनालको टिमले निकै मिहेनत गर्यो ।

बस सेवा सुरु गरेको आज ५ वर्ष बितिसकेको छ । जसमा हजारौं यात्रुले सेवा लिइरहेका छन् । मोबाइलको एन्ड्रोइड एप्लिकेशन वा वेवसाइटमा गयो । खाली सिट छान्यो । त्यहीबाट पेमेन्ट गर्यो । निमेषभरमै टिकट मोबाइलको म्यासेज बक्समा आइपुग्छ । यसले यात्रुलाई बसपार्क वा टिकट काउन्टरसम्म जानुपर्ने झन्झट हटाइदियो । सिट पाइएला कि नपाइएला भन्ने चिन्ता छिनभरमै दूर गरिदियो ।

सुरुका दिन एउटा चुनौती थियो । त्यो हो, म्यानुअल्ली चलिरहेको इको सिस्टमलाई नयाँ प्रणालीमा ल्याउनु । कुनै पनि व्यवसायमा चलिरहेको परम्परागत इको सिस्टमलाई छुट्याएर अर्कोमा ल्याउनु निकै गाह्रो काम हो । र, यो बससेवाको हकमा पनि उत्तिकै लागू हुन्छ । तर विस्तारै यो इको सिस्टम परिवर्तन हुँदैछ ।

त्यतिमात्रै होइन, व्यवसायीका लागि टिकट बिक्रीलाई भौतिक काउन्टरबाट हातहातमा चल्ने मोबाइलसम्म पुर्याइदियो । यसले टिकट काट्नका लागि काउन्टरमै झुम्मिनुपर्ने अवस्थालाई कम गर्यो ।

खनालले एउटा बस व्यवसायीको उदारहण दिँदै भने, ‘उहाँहरुले गर्ने खर्चको टिकट काउन्टरमा मात्रै ३५ प्रतिशत खर्च हुने रहेछ, तर बस सेवाले मोबाइलबाटै टिकट काट्ने व्यवस्था गरेसँगै यसले धेरै हदसम्म त्यो खर्च कटाएको छ ।’

बस सेवाले बसको सेवालाई पनि ध्यान दिएको छ । डिलक्स बस, सस्पेन्ससन समेत भएका आरामदायी बसहरुलाई आफ्नो प्रणालीमा समावेश गरेको छ । जसका बारेमा वेवसाइट र एपमा सम्पूर्ण जानकारी राखिदिएको छ । जहाँ यात्रुहरुले बसको सेवा सुविधासँगै मूल्य तुलना गरेर टिकट खरिद गर्न सक्छन् ।

सुरुका दिन एउटा चुनौती थियो । त्यो हो, म्यानुअल्ली चलिरहेको इको सिस्टमलाई नयाँ प्रणालीमा ल्याउनु । कुनै पनि व्यवसायमा चलिरहेको परम्परागत इको सिस्टमलाई छुट्याएर अर्कोमा ल्याउनु निकै गाह्रो काम हो । र, यो बससेवाको हकमा पनि उत्तिकै लागू हुन्छ । तर विस्तारै यो इको सिस्टम परिवर्तन हुँदैछ ।

‘बसपार्कमा गएर टिकट काट्ने बानी त हट्दैन, तर केही हदसम्म कम भने अवश्य हुन्छ’ खनालले भने । जस्तो आगामी दशैंमा हामीले मोबाइलबाट टिकट काट्ने व्यवस्थालाई प्रभावकारी बनाउन सकियो भने कैयन मानिसलाई बसपार्कमा गएर लामबद्ध भइ घण्टौं कुर्नु पर्दैन् । त्यसका लागि हामी अहिलेदेखि नै लागीपरेका छौं ।

कसरी हुन्छ त कमाई ?

कमाई कसरी हुन्छ त ? सरल उत्तर छ कमिसन । यात्रुले टिकट काटेवापत व्यवसायीहरुसँग सम्झौता भए बमोजिम बस सेवाले निश्चित कमिसन पाउँछ । यो बसको दूरी अनुसार पनि निर्धारण हुन्छ । खनालका अनुसार ३ प्रतिशतदेखि २२ प्रतिशतसम्म टिकटबाट बस सेवाले कमिसन लिन्छ । र ग्राहकले यसबाट टिकट काट्दा क्यास ब्याक पनि पाउँछन् ।

हाल कम्पनीमा २२ जना कर्मचारी बिहानैदेखि रातिसम्म काम गर्छन् । यात्रुका गुनासा सुन्छन । सेवालाई प्रभावकारी बनाउनका लागि योजना बनाउछन र कार्यान्वयन गर्छन् ।

बैंकरबाट ‘स्टार्टअप’

बैंकमा आकर्षक जागिर गरिरहेका उनले सबै छाडेर स्टार्टअप बिजनेशमा आउने निर्णय गर्नु पक्कै पनि सहज थिएन । खाइपाइ आएको राम्रो तलबलाई माया मारेर स्टार्टअप बिजनेसमा आउँदा भविष्य कस्तो हुन्छ भन्ने मनमा शंका त थियो नै । तर मनमा आफ्नो निर्णयप्रतिको विश्वास र भरोसाले सधै हौसाइरहन्थ्यो ।

अर्घाखाँची खनमा घर । २०५७ सालमा पढाइका सिलसिलामा राजधानी छिरेपछि त्यसयताका वर्षमा घर जाँदा आउँदा बसको प्रयोग त अनिवार्य नै भयो । अरु बेला सहज रुपमा गाडी पाइए पनि दशैंमा जाँदा साह्रै कस्ट हुने । बसपार्क गएर घण्टौं लाइन लागेपछि टिकट पाइन्थ्यो । त्यो पनि कहिलेकाँही त पाइँदैनथ्यो । राजधानीमा जागिरे जीवन, आईटीमा भरपुर ज्ञान ।

 

हो त्यसैबेला हो उनको मनमा आईडियाको विउ रोपिएको । जसलाई साकार बनाउन साथीहरुको सहयोग लिए । अन्नतः बैंकको जागिर छाडेर उनी व्यवसायतर्फ लागे ।
व्यवसायको पहिलो दिन सम्झँदै उनले भने, ‘पहिलो दिन नै ३ वटा टिकट काटिए, एउटा आशा पलायो ।’

अहिले मोबाइल रिचार्ज, इन्टरनेटको विल, खानेपानी र विद्युतको बिल तिर्ने क्रम जसरी बढेको छ बस सेवामार्फत टिकट काट्ने र अनलाइनबाटै भुक्तानी गर्ने क्रम पनि बढेको छ । आगामी ५ वर्षमा यस प्रणालीबाट टिकट काट्नेहरुको संख्या निकै बढ्ने विश्वास खनालको छ ।

सुरुमा उनले बिराटनगर जाने टिकट काटेका थिए । त्यसयता हालसम्म १ सयभन्दा बढी बस व्यवसायीहरु बससेवासँग जोडिएका छन् । जसमा २५० वटा बसले दैनिक सेवा दिन्छन । जसमा २५०० सिटमा टिकट काट्ने क्षमता राखेका छन् । जसमा उनका अनुसार अहिले दैनिक ६०० भन्दा बढीले बससेवाको अनलाइन प्रणालीमार्फत बसको टिकट काट्छन् ।

जानकारीको कमी

मोबाइलबाटै निमेषभर मै टिकट काट्न पाउनु निकै सजिलो काम हो । तर मानिसहरु अझै पनि मोबाइलबाट टिकट काट्न अभ्यस्त भइनसकेको खनालको बुझाइ छ । त्यसमाथि अझै मोबाइलबाटै बसको टिकट काट्न सकिन्छ र भन्ने आशंका पनि छ ।

यसको कारण के हुन सक्छ त ? खनाल भन्छन, ‘जानकारीको कमी हो, त्यसमाथि प्रविधिको साक्षरता र विश्वासको कमीले पनि हुन सक्छ ।’ हातमा पेपर टिकट नपर्दासम्म ढुक्क नहुने परम्पराले गाँजेको पनि हुन सक्छ तर यो अहिले विस्तारै कम हुँदैछ ।

फेरि हामीकहाँ मोबाइल लिटरेसी आएको धेरै भएको छैन् । अघिल्लो पुस्तालाई खासै रुचि भए जस्तो लाग्दैन । युवा जमात नै यसका प्रमुख ग्राहकहरु हुन । त्यसमाथि पनि इसेवा, आईएमई र प्रभु वालेट प्रयोगकर्ताहरु बढी हाम्रा ग्राहक हुन । किन भने मोबाइलबाट टिकट चेक गरेर मात्रै हुँदैन । टिकट काट्नु पनि पर्छ । सबैभन्दा धेरै ग्राहक भएको इसेवामा अहिले २० लाख प्रयोगकर्ता पुगेका छन् । त्यसैले यो संख्या विस्तारै बढ्दो छ ।

अहिले मोबाइल रिचार्ज, इन्टरनेटको विल, खानेपानी र विद्युतको बिल तिर्ने क्रम जसरी बढेको छ बस सेवामार्फत टिकट काट्ने र अनलाइनबाटै भुक्तानी गर्ने क्रम पनि बढेको छ । आगामी ५ वर्षमा यस प्रणालीबाट टिकट काट्नेहरुको संख्या निकै बढ्ने विश्वास खनालको छ ।


कमलकुमार बस्नेत