नेको इन्स्योरेन्सले लगानीकर्तालाई १२ प्रतिशत बोनस दिने, बुक क्लोज कहिले ?
काठमाडौं । नेको इन्स्योरेन्सले लगानीकर्तालाई गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश (कर तिर्न) दिने भएको छ ।
भदौ १४ गते हुने २३ औं वार्षिक साधारण सभामा १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव लैजाने भएको छ भने कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ नगद लाभांश लिने प्रस्ताव लैजाने भएको छ ।
साउन १० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको इन्स्योरेन्सले जनाएको छ । साधारण सभाको लागि भदौ ३ देखि १४ गतेसम्म बुक क्लोज हुने भएको छ ।
१ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ चुक्ता पुँजी रहेको नेकोको बोनस वितरणपछि पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।