सेयर बजारमा दोहोरो अंकको पहिरो



ockकाठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार भएका अधिकांक बैंक तथा वित्तीय समूहको कारोबारमा गिरावट आएको छ । साताको पहिलो दिन नेप्सेमा पहिरो गएको छ ।

कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से मापन गर्ने सूचक १७.११ अंकले घटेर १२५२.८० बिन्दुमा रोकिएको छ । ठूला कम्पनीहरुको काराबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.४३ अंकले घटेर २७०.०४ बिन्दुमा रोकिएको छ ।

१६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता सेयर ४९ करोड २६ लाख ७३ हजार ६५२ रुपैयाँको सेयर कारोबार भएको छ ।

१२ वटा समूहको कारोबार हुँदा म्यूचुअल फण्ड ०.१६ अंकले बढ्दा बैंकिङ १५.९२, विकास बैंक १५.४९, निर्जीबन बीमा ९९.६७, जीवन बीमा समूहको उपसूचकको उपसूचक १०६.८९ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकका ४ करोड ८ लाख २४ हजार, नेपाल बैंक र छिमेक लघुवित्त विकास बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

कारोबारमा सृजना फाइनान्स वित्तीय संस्था, यूनिभर्सल पावर कम्पनी, एनएमबी सुलभ फण्ड १, एनएमबी हाईब्रिण्ड फण्ड एल १ का लगानीकर्ताले कमाएका छन भने यूनियन हाईड्रोपावर, यूनाइटेड इन्स्योरेन्स,पाँचथर पावर कम्पनी ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु