इन्फिनिटी लघुवित्तको खुद नाफा २३१ प्रतिशत बढ्यो, प्रति सेयर आम्दानी कति ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५-०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो अवधिमा इन्फिनिटीले आफ्नो नाफा २३१.६३ प्रतिशतले बढाएर ३ करोड ७५ लाख ११ हजार रुपैयाँ खुद नाफा गरेकोे छ । अघिल्लो आवको सोहि अवधिमा १ करोड १३ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा नाफा आर्जनमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा राम्रो सुधार भएको छ । इन्फिनिटीको खुद ब्याज आम्दानी १७३.०१ प्रतिशतले बढेर ९ करोड २३ लाख ८२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा ३ करोड ३८ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
यस्तै सञ्चालन मुनाफा २९३.२१ प्रतिशतले बढेर ५ करोड ९५ लाख ४१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा १ करोड ५१ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
२० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्फिनिटीको जगेडा कोषमा ४ करोड २६ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
५१ करोड २८ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरर १ अर्ब ४६ करोड १३ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । इन्फिनिटीको खराब कर्जा ०.०९ प्रतिशतबाट बढेर ०.७७ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९ पैसा रहेको इन्फिनिटीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ५६ पैसा रहेको छ ।