मेगा बैंककी सीइओ भन्छिन्- मर्जरको ५०% काम सक्यौं, ग्रोथको श्रेय अनिल शाहलाई



काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले मर्जरको ५० प्रतिशत काम सकिसकेको बताएकी छन् । बैंकले मर्जरको तीब्र तयारी गरिरकेको बताउँदै सीइओ खुञ्जेलीले अब ५० प्रतिशत काम मात्रै बाँकी भएको ब ताएकी छन् ।

मंगलबार राजधानीमा बैंकको ९ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै सीइओ खुञ्जेलीले भनिन्– ‘मर्जरको ५० प्रतिशत काम सक्यौं, बाँकी ५० प्रतिशत जनशक्ति व्यवस्थापनको विषय टुंगिएको छैन, यसलाई टुंग्याउन काम भइरहेको छ ।’

राष्ट्र बैंकको मर्जर नीतिको प्रसंसा गर्दै उनले आफूहरु मर्जरमा जानका लागि गृहकार्य गरिरहेको जानकारी गराइन् ।

त्यसैगरी, सीइओ खुञ्जेलीले पञ्चवर्षिय रणनीति बनाएर बैंकलाई अघि बढाउने बताइन् ।

‘बैंकलाई सहजरुपमा अघि बनाउन पञ्च वर्षिय रणनीतिक योजना बनाएर अघि बढ्नुपर्छ, यसअघिको पञ्च वर्षिय रणनीति कार्यान्वयनमा आएको ३ वर्ष भयो,’ उनले भनिन्, ‘पञ्च वर्षिय रणनीति बनाएपछि बैंकले उल्लेख्य प्रगति गरेको छ, यो प्रगतिको श्रेय संस्थापक सीइओ अनिल शाहलाई जान्छ, हामीले उहाँले बनाएको रणनीति अनुसार अघि बढ्यौं ।’

२०६७ साउन ७ गते बैंक स्थापना भएको थियो । २ अर्ब रुपैयाँ चुक्ता पुँजी राखेर स्थापना भएको बैंकको चुक्ता पुँजी अहिले १० अर्ब ३२ करोड रुपैयाँ पुगिसकेको छ ।

मेगा बैंकले केही वाणिज्य बैंकसँग मर्जरका लागि छलफल गरेपनि अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन ।


पुष्प दुलाल