सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री साउन २३ गतेदेखि



काठमाडौं । सामूहिक लगानी कोष अर्थात म्यूचुअल फन्ड बिक्री गर्ने क्रममा पुनः अर्को एक कम्पनी थपिएको छ । सोही क्रममा सिद्धार्थ बैंकले प्रबद्र्धन गरेको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री यही साउन २३ गतेदेखि हुने भएको छ ।

कुल १ अर्ब ४० करोड बराबरको उक्त स्किम सिद्धार्थ म्यूचुल फन्डले ल्याएको दोस्रो योजना हो ।

प्रति ईकाइ १० रुपैयाँका दरले १४ करोड ईकाइ बिक्री गर्न लागिएको मंगलबार प्रकाशित आव्हान पत्रमा उल्लेख छ । सोमध्ये १५ प्रतिशतले हुन आउने २ करोड १० लाख ईकाइ वा सामूहिक लगानी कोष नियमावली अनुसार बैंकको विज पूँजीको रुपमा लगानी गरिनेछ ।

आव्हान पत्र अनुसार दरखास्त दिन पाउने न्यूनतम ईकाइ संख्या १०० र अधिक्तम ईकाइ १ करोड ४० लाख रहेको छ । उक्त सामूहिक लगानीकोष योजना छिटोमा यही साउन २७ गतेसम्म र ढिलोमा आगामी भदौ २० गतेसम्म दिन पाइनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आदेवन दिन सकिने छ ।


क्लिकमान्डु