एनएमबी ५० को बिक्री साउन १३ देखि



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका अध्यक्ष रहेको एनएमबी म्युचुअल फण्ड अन्र्तगतको एनएमबी ५० को यही साउन १३ गतेदेखि विक्री हुने भएको छ ।

एनएमबी क्यापिटल लिमिटेड प्रवद्र्धक रहेको एमएनबी ५० नाम दिइएको उक्त सामूहिक लगानी कोष योजनामा १ अर्ब २० करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाइ बिक्री गर्न लागिएको हो ।

कम्पनीका अनुसार उक्त योजनामा बिक्री गरिने इकाई यहीसाउन १६ गतेसम्म खरीद गर्न पाइन्ने व्यवस्था गरिएको छ ।

सो अवधिमा बिक्री नभए आगामी भदौ १० गतेसम्म बिक्री गरिने आज प्काशित आह्वानपत्रमा उल्लेख छ ।

प्रतिइकाइ १० रुपैयाँ पर्ने उक्त योजनामा लगानीकर्ताले कम्तिमा १०० इकाइका लागि आवेदन दिनु पर्नेछ । यो योजना ७ वर्षको रहेको छ ।


पुष्प दुलाल