जग्गाको मूल्यांकन ४० प्रतिशतले बढ्यो, कहाँको कति ? (सूचिसहित)



काठमाडौं । सरकारले जग्गाको सरकारी मूल्यांकन बढाएको छ ।

देशभरका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको परामर्शमा जग्गाको सरकारी मूल्यांकन बढाएका हुन् ।

मालपोत कार्यालय कलंकीले ४० प्रतिशतसम्म जग्गाको मूल्यांकन बढाएको छ ।
साउन १ देखि लागु हुने गरेर मालपोत कार्यालय कंलकीले बल्खुदेखि बनस्थलीसम्म चक्रपथसँग जोडिएको जग्गाको मूल्यांकन ४० प्रतिशतले बढाएको हो । कलंकी मालपोत कार्यालयले २५ लाख रहेको मूल्यांकनलाई ३५ लाख पुर्याएको छ ।

बिष्णुमति खोलादेखि रविभवनसम्मको जग्गाको मूल्यांकन आनाको ३३ लाख रहेको छ । कालिमाटी चोकदेखि बल्खुसम्मको जग्गाको मूल्यांकन पनि आनाको ३३ लाख गरिएको छ ।

मालपोत विभागका अनुसार मालपोत कार्यालयले स्थानीय तहसँगको सहकार्यमा जग्गाको मूल्यांकन आवश्यत्ताको आधारमा बढाएको जनाएको छ ।

यस्तै मालपोत कार्यालय साँखुले पनि जग्गाको मूल्यांकन बढाएको छ ।साँखुमा सबैभन्दा बढी आनाको १७ लाख रुपैयाँ जग्गाको मूल्य कायम गरिएको छ ।

सरकारले गरेको मूल्यांकनभन्दा कम्तीमा चारगुणासम्ममा कारोबार हुने गरेको छ ।


क्लिकमान्डु