भिसा शुल्क बढ्यो, कुनको कति बढ्यो ?



काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरी पर्यटनका लागि भिसा शुल्क बढाएको छ । सरकारले १० वर्षपछि पहिलो पटक भिसा शुल्क वृद्धि गरेको हो ।

पर्यटन व्यवसायीहरुले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भिसा शुल्क बढाउनु गलत भएको तर्क गरे पनि अद्यागमन विभागले भने थोरै मात्रै शुल्क बढाइएको बताएको छ ।

बढाइएको शुल्क अनुसार अब पर्यटकले १५ दिनका लागि बहुप्रवेशी सुविधा सहितको भिसाका लागि ३० अमेरिकी डलर लाग्छ । यस अगाडि यो शुल्क २५ डलर थियो ।

त्यस्तै, ३० दिनका लागि ५० अमेरिकी डलर लाग्ने छ यो शुल्क यस अगाडि ४० डलर थियो । भने ९० दिनका लागि १२५ अमेरिकी डलर बुझाउनु पर्नेछ यो शुल्क यस अगाडि शुल्क १०० अमेरिकी डलर थियो ।

राजपत्रमा प्रकाशित अध्यागमन नियमावलीमा उल्लेख भए अनुसार सार्क राष्ट्रका सदस्यका राहदानी बाहकलाई भने ३० दिनसम्मका लागि भिसा दस्तुर लाग्दैन् ।

त्यस्तै, म्याद थप गर्नका लागि प्रतिदिन ३ अमेरिकी डलरका हिसाबले बुझाउनुपर्छ । म्याद थप अवधिका लागि मात्रै मान्य हुने गरी बहुप्रवेशी सुविधा माग गरेमा बमोजिमको दस्तुरमा २५ अमेरिकी डलर लाग्नेछ ।

भिसा थप नगरी बसेका विदेशीको भिसा नियमति गर्नु परेमा बमोजिम लाग्ने दस्तुरमा ५ अमेरिकी डलर थप लाग्छ ।

नेपालमा भारतीय पर्यटकलाई भिसा शुल्क लाग्दैन् । भने सरकारले चिनियाँ पर्यटकका लागि पनि भिसा शुल्कमा छुट दिएको छ ।

स्रोत : अध्यागमन विभाग


क्लिकमान्डु