पुँजीकरण बढी हुने ठूला १० कम्पनीबाट चिलिमे र राष्ट्रिय बीमा कम्पनी बाहिरिए, एनआईसी र एनएमबि भित्रिए



काठमाडौं । पुँजीकरण बढी भएका १० कम्पनीबाट चिलिमे हाईड्रोपावर कम्पनी र राष्ट्रिय बीमा कम्पनी बाहिरीएका छन् भने एनआईसी एसिया बैंक र एनएमबि बैंक भित्रिएका छन् ।

अघिल्लो वर्ष बजार पुँजीकरणको पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा रहेको थियो भने यो वर्ष पनि नेपाल दूरसञ्चार कम्पनी नै अग्रस्थानमा रहेको छ । गत वर्ष दूरसञ्चार कम्पनीको बजार पुँजीकरण १ खर्ब ८ अर्ब १५ करोड रुपैयाँ रहेको थियो ।

चालु आवको अन्तिमसम्ममा दूरसञ्चारको बजार पुँजीकरण १ खर्ब ३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा यो वर्ष दूरसञ्चार कम्पनीको बजार पुँजीकरण ४.०४ प्रतिशतले घटेको छ ।

यस्तै दोस्रो स्थानमा नबिल बैंक रहेको छ । नबिल बैंकको बजार पुँजीकरण पनि गत वर्ष ७४ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । यो वर्षको असार मसान्तमा ७२ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा २.७७ प्रतिशतले घटेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पनि बजाुर पुँजीकरण १.२१ प्रतिशतले घट्दा स्टयान्र्डर चार्टर्ड बैंकको भने सबै भन्दा बढी १०.७० प्रतिशतले घटेको छ ।

तर एभरेष्ट बैंकको भने बजार पुँजीकरण ०.४५ प्रतिशतले बढेको छ भने हिमालन बैंकको पनि ४.९३ प्रतिशतले बढेको छ । सबै भन्दा बढी बजार पुँजीकरण हुने १० कम्पनी मध्ये ६ नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको बजार पुँजीकरण ६.७७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष भन्दा बजार पुँजीकरणमा १ स्थान तल झरेको नेपाल एसबीआई बैंकको पनि १.३२ प्रतिशतले घटेको छ । चिलिमे हाईड्रोपावर र राष्ट्रिय बीमा कम्पनी ९ र १० नम्बरबाट हटेपछि ८ नम्बरमा एनआईसी एसिया बैंक र १० नम्बरमा एनएमबी बैंक बढी पुँजीकरण हुने कम्पनीको रुपमा थपिएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा बढी पुँजीकरण भएका १० कम्पनी

Security Name Symbol Capitalization (Rs. B)
Nepal Doorsanchar Comapany Limited NTC 103
Nabil Bank Limited NABIL 72
Nepal Investment Bank Limited NIB 65
Standard Chartered Bank Limited SCB 54
Everest Bank Limited EBL 53
Nepal Life Insurance Co. Ltd. NLIC 49
Himalayan Bank Limited HBL 47
NIC Asia Bank Ltd. NICA 39.57
Nepal SBI Bank Limited SBI 39.62
NMB Bank Limited NMB 36


पुष्प दुलाल