आजदेखि सेयर बजारमा ५ प्रतिशतमात्रै पुँजीगत लाभकर
काठमाडौं । आज (बुधबार) देखि पुँजीगत लाभकरको गणना विधि भारित औसत विधिअनुसार गणना हुने भएको छ ।
सिडिएससी एण्ड क्लियरीङ लिमिटेडले सूचना जारी गर्दै लगानीकर्ताको स्वामित्वमा रहेको हितको भारित औसत लगानीको आधारमा गणना गर्ने जनाएको छ ।
सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुँजीगत लाभकरको गणना भारित औसत लागतको आधारमा गरिन्छ ।
बोनस र हकप्रद सेयरको सेयर मूल्य समायोजन गर्दा खरिद गरेको मूल्यमा बोनस तथा हकप्रद सेयरको अंकित मूल्यलाई जोडेर जम्मा सेयर भाग गरेर भारित औसत निकालिने न्यौपानेको भनाई छ ।
बोनस र हकप्रद सेयरमा अंकित मूल्यलाई आधार मानी पुँजीगत लाभ कर लाग्ने भएपछि लगानीकर्ताले सेयर कारोबार नै थप्प पारेका थिए । त्यसपछि अर्थ मन्त्रालयले तत्कालका लागि पुरानै व्यवस्थाअनुसार लाभकर लिने निर्णय गरेको थियो ।
मन्त्रालयले यसको लागि सहसचिवको संयोजकत्वमा अध्ययन समिति नै बनाएको थियो । उक्त समितिको प्रस्ताव अनुसार चालु आर्थिक वर्षको २०७६/७७ को बजेट बक्तव्य अर्थ मन्त्री डा. युवराव खतिवडो पुँजीगत लाभकर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झारेका थिए ।
बजेटमा भएको व्यवस्था आज (साउन १ गते बुधबार) बाट लागु भएको छ ।