भारतमा निर्यात गर्दा समेत नगद अनुदान पाइने (कार्यविधीसहित)



काठमाडौं । अबदेखि भारतमा निर्यात गर्दा समेत निर्यातकर्ताले नगद अनुदान पाउने भएका छन् ।

सरकारले निर्यात बढाउनको लागि निर्यात अनुदानको व्यवस्था गरेको हो । विगतमा परिवत्र्य विदेशी मुद्रामा निर्यात गरेमा मात्र अनुदान पाइने व्यवस्था थियो । संसोधित भएको व्यवस्थाले भारतमा गरिने निर्यात बैकिङ प्रणाली मार्फत आएको देखिएमा समेत नगद अनुदान पाउने व्यवस्था गरेको छ ।

यस्तै जुत्ता निर्यातमा समेत नगद अनुदान दिने व्यवस्था गरेको छ । नेपालको जुत्ता खास गरेर गोल्डस्टार भारतमा समेत लोकप्रिय छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको निर्देशिकामा केही वस्तुको निर्यातमा निर्यात रकमको ५ प्रतिशत र केही वस्तुको निर्यातमा निर्यातको २ प्रतिशत नगद अनुदान पाउने व्यवस्था छ ।

नेपाल सरकारले राष्ट्रियस्तर ट्रेडमार्क दर्ता गरेको मूल्य अभिबृद्धि कम्तीमा ४० प्रतिशत गरेमा १ प्रतिशत नगद अनुदान गर्ने व्यवस्था छ ।
निर्यात भएका वस्तुहरु सतप्रतिशत स्वदेशी भएमा ५ प्रतिशत नगद अनुदान दिने निर्देशिकामा उल्लेख छ ।


पुष्प दुलाल