नियामक निकाय नियन्त्रक हैन, उदार सहजकर्ता बन्नुपर्छः सेबोन अध्यक्ष कार्की (भिडियोसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले नियामक निकाय नियन्त्रण मात्र गर्ने निकाय नभई उदारता सहितको सहजकर्ता बन्नुपर्ने बताएका छन् ।

सोमबार राजधानीमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले नियामक निकायहरु सधै उदार हुनुपर्ने र एक आपसमा राम्रो सम्बन्ध हुनपर्ने बताए ।

‘गाभ्ने गाभिने दुबै संस्थाको विन विन अवस्था भएमा मात्र सफलता हात लाग्छ । सानो कुराले पनि दुई पक्षबीच असमझदारी उत्पन्न गराउने खतारा हुने हुँदा निकै सुजबुझका साथ अगाडि बढनुपर्ने आवश्यकता छ । एक्वायर गर्नेले एक्वायर हुनेलाई कमजोर पक्षका रुपमा लिर्ई दबाउन खोज्नु हुँदैन, मारे पाप पाले पुण्य भन्ने यथार्थपरक विषयलाई पनि आत्मसात गनुपर्छ,’ उनले भने ।


मर्जर तथा एक्वारका क्रममा सबैभन्दा गाह्रो काम भनेको कर्मचारी व्यवस्थापन भएको अध्यक्ष कार्कीले सुझाब दिए । त्यसैले कर्मचारी व्यवस्थापन निकै चनाखो भई कसैलाई समस्या नपर्ने गरी गर्न समेत उनले सुझाए ।

आफुले वल्ड बैंकमा काम गर्दाको क्षण समेत उल्लखे गर्दै उनले थपे- ‘म वल्ड बैंकमा गर्दा एक जनाले भन्नुहुन्थ्यो, विकासोन्मुख मुलुकका नियामकहरु प्राय एरिस्टोक्रयाट हुन्छौ, नियामक जहिले पनि उदार र प्रजातान्त्रिक बन्नुपर्छ । नियामकले कन्ट्रोलरको रुपमा नभई फेसिलिटेटरको भूमिका निभाउनुपर्छ ।

देशमा वित्तीय क्षेत्रको स्थायीत्व र विकासका लागि नियामक निकायहरुको महत्वपुर्ण भुमिका रहने र आफुहरु त्यसका लागि लागि परेको उनले बताए ।


पुष्प दुलाल